चितवनमा रेणुलाई ८ हजार ४९४ मतको अग्रता

Read Time = 1 min

चितवन । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गर्नुभएको छ ।

रेणुले अहिलेसम्म ३८ हजार ६५५ मत पाउनु भएको छ। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाउनु भएको छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याउनु भएको छ ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?