काठमाडौं । सर्लाही र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका-२मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कमल गाउँपालिका-५ लवडाँडाम भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १-०१-०१५ प ७४८७ नम्बरको स्कुटरमा समेत मोटरसाइकल ठोकिएको थियो ।
घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका-७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाकै शिवसताक्षी नगरपालिका-९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा भइरहेको छ । दुवै चालक र ३ वटै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच