उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनु भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार रहनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले शनिवारको प्रतिनिधि सभा बैठकमा १६६ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो ।

आजको बैठकमा २६४ सांसदको उपस्थिति थियो । रानामगरको पक्षमा १६६ मत परेको थियो भने उहाँको विपक्षमा ९७ मत र कसैलाई पनि मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिनु भयो ।

रानामगरले प्राप्त गर्नुभएको मत संख्या बहुमत भएको हुँदा रानामगर उपसभामुखमा निर्वाचित हुनुाभएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

थापामगरको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहनुभएको थियो । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्थ्यो ।

यसैगरी उपसभामुखमा नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्थ्यो । यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्यो। उहाँलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो ।

प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उहाँ सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल हुनु नपर्ने सभामुख घिमिरले बताउनु भयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?