मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेशसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालनमा ल्याएको छ ।

अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रम छनोट गरी आवश्यकताअनुसार थोपा सिँचाइ करेसाबारी निर्माण, तरकारीको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि आवश्यक डिकम्पोजर हस्तान्तरण गरेको छ ।

दैनिकरूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भरता र संलग्नताका लागि प्रोत्साहन गर्न बैंकले अभियान सुरुवात गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?