अवैध घरेलु मदिरा नष्ट

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ को बजार क्षेत्रमा रेहका विभिन्न स्थानबाट १३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । मंगलबार स्थानीय जनप्रतिनिधि, पत्रकार र प्रहरीको संयुक्त टोलीले १३० लिटर अवैध घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।

मदिरा सेवनले घरेलु हिंसा, समाजमा अपराधजन्य गतिविधीहरु बढ्ने भएकाले यसको उत्पादन र प्रयोग नगर्नसमेत इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अनुरोध गरेको छ । समाजमा विकृति-विसंगति, जघन्य अपराध, गम्भीर प्रकृतिका घटनाको कारक तत्वका रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले इलाका प्रहरी चौकी कोल्टीले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको छ । घरेलु मदिरा नियन्त्रणले शान्ति सुरक्षा, अपराध न्यूनीकरण हुने भएकाले अवैध घरेलु मदिरा नियन्त्रणको कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको इलाका प्रहरी चौकी कोल्टीका प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो ।

नेपालको कानुनले बन्देज गरेका वस्तु उत्पादन तथा बिक्री-वितरण गर्दा समुदायमा विकृति-विसंगति, बलात्कार, चोरी, डकैती, लुटपाट जस्ता अपराधजन्य कार्य हुने भएकाले न्यूनीकरण गर्दै निर्मूल गरी सभ्य नागरिक निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?