सुदूरपश्चिममा सभामुखका लागि मनोनयन हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् ।
भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ ।
त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका  छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म दावी बिरोध र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले आज साढे पाँच बजे सभामुखका लागि उम्मेदरावको अन्तिम सूचि प्रकाशित गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवरज जोशीले बताउनु भयो ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रले पाएको छ ।
नेकपा माओवादी केन्द्रबाट सभामुखका लागि अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा क बाट निर्वाचित अक्कल रावल, डोटी प्रदेश सभा ख बाट निर्वाचित शिवसिंह ओली र दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामी आकांक्षी हुनुहुन्छ । उन्मुक्ति पार्टीले अझै पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन । सभामुखका लागि अहिलेसम्म बसैको उम्मेदवारी नपरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?