भारत बंगालको धार्मिक तीर्थस्थल गंगासागरमा नेपाली तीर्थ यात्री अलपत्र, उद्धार गर्न नेपाल सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारत बंगालको धार्मिक तीर्थस्थल गंगासागरमा नेपाली तीर्थ यात्री अलपत्र परेका छन् । उनीहरूले आफूलाई उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् । सयौं नेपाली तीर्थ यात्री अलपत्र रहेको र खान, बस्नको अभाव रहेको तीर्थ यात्रामा रहनुभएका प्रा. देवीभक्त ढकाल जानकारी दिनुभयो । प्रा. ढकालले भन्नुभयो, ‘अहिले बंगालको हिन्दूहरूको धार्मिक तीर्थस्थल गंगासागरबाट यो संदेश प्रेषित गर्दैछु । हामीहरू विगत तीन दिनदेखि यो तीर्थस्थलमा छौं । यहाँ अहिले लाखौं हिन्दू तीर्थ यात्रीहरू छन् । यहाँ आउन कलकत्ताबाट ९० किलोमिटर मा फेरि पर्छ । समुद्रको दूरी करिब १० किलोमिटर पर्छ त्यसपछि ३० किलोमिटरको सडक यात्रा पार गर्नुपर्छ । यो गंगासागर द्विप सानो छ ।यहाँको उत्पादनले यहाँका बासिन्दालाई खानसमेत नपुग्ने अवस्था छ । होटलहरू र आवासको प्रबन्ध अत्यन्तै कम छ । तीर्थ यात्रीहरूको संख्या धेरै छ ।खान, बस्न, दिसापिसाब गर्न अत्यन्तै कठिन छ । त्यस्तो अवस्थामा अहिले कुहिरोको कारणले बाटो बन्द छ भन्ने सन्देश प्रवाहित गर्ने गर्छ । पानीको सतह कम भएकोले मोटरबोट चल्न सकेको छैन भन्छ । जनजीवन अस्तव्यस्त छ । भारतीय प्रहरी, सेना र प्रशासनका परिवारहरूलाई प्रहरीको बसमा ओसारेको छ । सर्वसाधारण भारतीय लगायत नेपालीहरू अलपत्र छन् । त्यसैले नेपाल सरकारले नेपालीहरूलाई उद्धार गर्ने विषयमा सम्बन्धित ठाउँ बाट पहल गर्न आवश्यक भयो । मोबाइल चार्ज गर्न पनि कठिन छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ganesh neupane
ganesh neupane
2023-01-21 8:41 am

.प्रा • देवी भक्त ढकालजीले भारतको बंगालमा तीर्थ यात्रामा गएका नेपाली तथा अन्य तीर्थयात्रीमा परेक‍ो
दुःख प्रति सम्बोधन गरि सम्बन्धित पक्षको ध्यानाकर्षण
गर्नुभएकोमा धन्यबाद छ।

Cholendra pandit
Cholendra pandit
2023-01-31 7:02 pm

खबर हेरेन तर धेरै ढिलो।अहिलेसम्म त आउनु भो होला तर कसरी ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?