गोर्खा भर्ती नेपालीका लागि स्वाभिमानको विषय

Read Time = 15 mins

✍️ श्रीमन नारायण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारकारमा सेना भर्तीका लागि लागू गरिएको चार वर्षे अग्निवीर योजनाअन्र्तगतका भर्ती भएका पहिलो ब्यचका युवाहरूलाई सम्बोधन गर्दै देशको सुरक्षामा नयाँ सैनिकहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । भिडियो कन्फ्रेन्समार्फत अग्निवीरका युवाहरूलाई सम्बोधन गर्दै उनले अग्निपथ योजनाले शस्त्रबललाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । एकातिर भारतीय सेनामा अग्निवीरको पहिलो ब्याच छनौट भई प्रशिक्षणमा समेत लागेका छन् भने अर्कोतिर हाम्रो देशमा भने अर्को तिरको विषय अहिले गोर्खा भर्ती हाम्रो देशमा भारतीय सेनामा नेपाली युवाको भर्ना चर्चाको केन्द्रमा रहेको छ । भारतले ल्याएको चार वर्षे अग्निपथ योजनामा गोर्खा भर्ती हुने कि÷नहुने विषय अन्यौलमा रहेको छ ।

गत भदौमा बुटवल र धरानमा भर्तीको तयारी भइरहेका बेला नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि प्रक्रिया स्थगित छ । शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले निर्वाचनपछि बन्ने नयाँ सरकारले अग्निपथमा गोर्खा भर्तीका विषयमा निर्णय गर्ने सन्देश भारतमा पठाएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्तताले पनि भदौ ९ मा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिइने बताएका थिए । गोर्खा भर्ती नेपाल–भारत परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो आधार रहेकाले नेपाल सरकारले यस विषयमा सकारात्मक निर्णय लिने अपेक्षा भारतको मात्रै होइन कि नेपाली युवाहरूको पनि रहेको पाइन्छ ।

नेपालका वामपन्थी राजनीतिक दलहरू उत्तरी छिमेकी चीनबाट बढी आकर्षित रहेका छन् । भारतीय सेनामा नेपाली युवाको उपस्थिति चीनलाई र पाकिस्तानलाई मन परिरहेको छैन । नेपालका वामपन्थी राजनीतिक दलहरूले सुरुदेखि नै भारतीय सेनामा गोर्खा भर्तीको विरोध गर्दै आएका छन् ।

सन् १८५७ को सिपाही विद्रोह दबाउन नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले भारतको अंग्रेज सरकारलाई सघाएका थिए । त्यसवापत नै अंग्रेज शासकले नयाँ मुलुक भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग नेपाललाई फिर्ता गरेको थियो । भारत स्वतन्त्र भएपछि भारतको तत्कालीन सरकारले भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकलाई आफ्नो सेनामा राख्ने काम ग¥यो र भारतीय सेना जतिकै नाम दाम र सम्मान पनि दिँदै आएको छ । भारतीय सेनामा हरेक वर्ष १५०० नेपाली युवालाई गोर्खा भर्तीमा भर्ना गरिन्छ । भारत र नेपालका सैनिकबीचको तलब सुविधा, बढुवा, पेन्सनलगायत सबै सुविधामा एकसमान व्यवहार गरिन्छ । तीनजना नेपाली नागरिक भारतीय सेनामा लेफ्टिनेन्ट जनरल भएका छन् । मेजर जनरल र ब्रिगेडियर पनि भएका छन् । कर्नेल त कति छन् हिसाब पनि गर्न सकिँदैन ।

नेपालका वामपन्थी राजनीतिक दलहरू उत्तरी छिमेकी चीनबाट बढी आकर्षित छन् । भारतीय सेनामा नेपाली युवाको उपस्थिति चीनलाई र पाकिस्तानलाई मन परिरहेको छैन । नेपालका वामपन्थी राजनीतिक दलहरूले सुरुदेखि नै भारतीय सेनामा गोर्खा भर्तीको विरोध गर्दै आएका छन् । माओवादीले विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदे मागपत्रमा पनि गोर्खा भर्ती रोक्नुपर्छ भनेका थिए । नेपालमा सबै कम्युनिष्ट पार्टीको यो साझा मत हो । अहिले थपिएको विषय हो, चीनको चासो । भारतीय सेनामा नेपाली युवाको भर्ना नहोस् भन्ने उसको चाहना रहेको छ । केपी शर्मा ओली पहिला पटक प्रधानमन्त्री भएर चीन भ्रमणमा हुँदा ‘साउथ चाइना मर्निङ पोष्ट’लाई दिएको एक अन्तर्वार्तामा भारतीय सेनामा नेपाली युवाको भर्ती रोक्ने आशय व्यक्त गरेका थिए ।

सुरुमा सबै गोर्खा सैनिक ब्रिटिशअन्तर्गत थिए । भारतबाट ब्रिटिश फिर्ता हुँदा बेलायतले नै ब्रिटिश गोर्खालाई लैजान नसक्ने अवस्था भयो । त्यस बेला गोर्खा १० रेजिमेन्ट थिए । जाँदाजाँदै बेलायतले गोर्खा सैनिकलाई भारत वा बेलायतमध्ये कहाँ जाने भन्ने बारे रोज्न भनेको थियो । नेपाली सैनिकमध्ये केहीले भारतलाई रोजे र केहीले ब्रिटिशलाई रोजे । त्यसबेला ६ वटा रेजिमेन्ट भारतमा बसे । चारवटा बेलायत गए । बेलायत, भारत र नेपालबीच त्रिपक्षीय सम्झौता भयो, गोर्खाको बाँडफाँट भयो । भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले नेपालीको भर्तीलाई निरन्तरता दिए, जो अहिले पनि जारी छ ।

गोखा भर्तीलाई बन्द गर्न खोज्ने नेपालका राजनीतिक दलका नेताहरू दलको रूपमा परिस्थितलाई बुझेका हुन् । हाल ३२ हजार नेपाली युवा गोर्खा भर्तीमा रहेको अनुमान छ । १ लाख जति अवकाश प्राप्तले पेन्सन प्राप्त गरिरहेका छन् । यसबापत वार्षिक ६० अर्ब रुपैयाँ नेपाल भित्रिरहेको छ । अवकाश प्राप्त गोर्खा सैनिकको रेखदेख भलाई र सन्तानको शिक्षादीक्षाका लागि अनेकौं कल्याणकारी कार्यक्रम पनि भारत सरकारले चलाएको छ । नेपाल–भारतसम्बन्धको एउटा बलियो पक्ष भारतीय सेनामा नेपाली युवाहरूको भर्ती गर्ने परम्परा छ । भारतमा कार्यरत नेपाली गोर्खा सैनिक हाम्रो कूटिनीतिक सम्बन्ध सामान्य गर्ने एउटा अंग रहेको छ । भारतले अहिलेसम्म जितेको सबै युद्धमा नेपाली गोर्खाको योगदान र बलिदान रहेको छ । भारत सरकारले अहिले अघिसारेको सैनिक भर्नासम्बन्धी प्रावधान ‘अग्निवीर’ का रूपमा भर्ती भएका मध्ये २५ प्रतिशतलाई नियमित रूपमा सेनामा राखिनेछ । जबकि भर्ती भएका सैनिकमध्ये ७५ प्रतिशतलाई चार वर्षपछि अवकाश दिइनेछ । अवकाशको समयमा ११ लाख ठज्ञ हजार भारतीय रुपैयाँ एकमुष्ट रूपमा तिनलाई (सेवानिधि) दिइनेछ ता कि तिनको जीवनयापन हुन सकोस् ।

अवकाश प्राप्त गरेका ती सैनिकमध्ये कसैले चाहेमा स्नातक, स्नाकोत्तर तथा सिडिएसको तालिम पनि प्राप्त गर्न सक्नेछन् । लोकसेवा आयोगअन्तर्गतका केही सेक्टरमा पनि तिनलाई आरक्षण हुनेछ । प्रादेशिक प्रहरी सेवामा पनि जागिर पाउने छन् । त्यसबाहेक कर्परेट सेक्टरमा पनि जागिरको अवसर प्राप्त हुनेछ । भारत सरकारले आफ्नो देशमा तीन हजार सैनिकको भर्तीका लागि आवेदन आहृवान गरेकोमा छ लाखभन्दा बढीले आवेदन दिने काम गरेका छन् । भारत सरकारले अहिले लागू गर्न खोजेको ‘अग्निवीर’ योजना नेपाल र भारतको निम्ति नयाँ विषय हुन सक्दछ तर विश्वका प्रायःजसो शक्तिशाली र सम्पन्न देशहरूमा यस्ता खाले नियम नै रहेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा पनि दश साताको तालिमपश्चात चार वर्षका लागि मात्रै सेनामा राख्ने गरिन्छ । त्यसपछि तिनलाई अवकाश दिने गरिन्छ । केही सीमित संख्याकालाई मात्रै स्थायी रूपमा राख्ने काम गरिन्छ । उत्तरी छिमेकी चीनमा ४० दिनको सैनिक तालिम अनिवार्य रूपमा सबैले नै लिनुपर्ने हुन्छ । दुई वर्षपछि तिनलाई अवकाश दिने गरिन्छ । फ्रान्समा त्यहाँको सेनामा भर्ती हुनेहरूलाई तीन महिनाको तालिम दिइन्छ र तीन वर्षको तालिमपछि जागिरबाट अवकाश दिने गरिन्छ ।

भारतले करिब ६ वर्षअघि एउटा छुट्टै पल्टन खडा गरेको छ । फ्रष्ट गोर्खा रेजिमेटको छैटौं बटालियन त्यसमा भारतीय नेपालीहरूको बाहुल्य रहेको छ, जसलाई कान्छो पल्टन भनिएको छ, तत्कालीन भारतीय प्रधानमन्त्री दलवीर सिंहको समयमा यसको गठन भएको हो ।

रूसमा एक वर्षको सैनिक तालिम दिइन्छ र एक वर्षपछि जागिरबाट अवकाश दिने गरिन्छ । इजरायलमा प्रत्येक युवाको निम्ति सैनिक तालिम अनिवार्य गरिएको हुन्छ । युवाहरूले ३२ महिना र युवतीहरूले अनिवार्य रूपमा २४ महिनाको सैनिक तालिम लिनुपर्ने हुन्छ । भारत सरकारले आफ्नो सेनामा भर्ना भएकामध्ये २५ प्रतिशतलाई नियमित रूपमा सेनाको जागिरमा राख्ने गर्छ, केही देशहरूमा त १० प्रतिशतलाई मात्रै सेनामा स्थायी रूपमा राख्ने काम गरिन्छ । भारत सरकारले लागू गर्न लागेको योजना सबै भारतीय सैनिकको हकमा लागू हुनेछ । केवल गोर्खा सैनिकमा मात्रै होइन फेरि गोर्खा सैनिक त आफ्नो कुशलता, साहस, इमानदारी र वीरताका कारण भारतको कुनै सुरक्षा सेवामा सहज रूपमै जागिर पाउन सक्नेछन् ।

एकातिर नेपालमा वामपन्थी दलहरूबाट यसको विरोध भइरहेको पाइन्छ भन्ने अर्कोतिर भारतकै गोर्खा (नेपाली भाषी)हरू पनि नेपाली गोर्खाको भर्ती बन्द हुनुपर्ने मात्र गरिरहेका हुन् । संविधानसभा निर्वाचनको प्रचारमा क्रममा माओवादीका नेता एंव कार्यकर्ताले यस विषयलाई चर्को रूपमा उठाएपछि नेपालका लागि पूर्वभारतीय राजदूत श्यामशरणले नेपाल सरकारले अनावश्यक ठानेमा गोर्खा भर्ती केन्द्र रोक्न भारतलाई व्यावहारिक कठिनाई नहुने बताएका थिए । भारतले करिब ६ वर्षअघि एउटा छुट्टै पल्टन खडा गरेको छ । फ्रष्ट गोर्खा रेजिमेटको छैटौं बटालियन त्यसमा भारतीय नेपालीहरूको बाहुल्य रहेको छ, जसलाई कान्छो पल्टन भनिएको छ, तत्कालीन भारतीय प्रधानमन्त्री दलवीर सिंहको समयमा यसको गठन भएको हो । यसको सोझो संकेत हो नेपालले गोर्खा भर्ती बन्द गर्छ भन्ने भारतमा रहेका नेपाली भाषीलाई भर्ना गरिनेछ र गोर्खा पल्टनको निरन्तरता रहनेछ । अहिले यसमा ७० प्रतिशत भारतीय ३० प्रतिशत नेपाली गोर्खा रहेका हुन् । भारतको कुमाउ, गढवाल र पूर्वोतरका नेपाली भाषीहरू पनि भारतीय सेनामा नेपालीको भर्तीको विरुद्ध गरिरहेका छन् ।

नेपालले आफ्नो देशको युवा भर्ती रोक लगाउने हो भन्ने शतप्रतिशत नेपाली गोर्खाको नै भर्ती गरिनेछ । आफ्नो देशको सुरक्षाका लागि राखिएको अति संवेदनशील सेनाको एउटा अंगको रूपमा नेपाली गोर्खालीमाथि भारतले विश्वास गर्नु प्रत्येक नेपालीका लागि गर्व र सम्मानको विषय हो । वैदेशिक रोजगारीमा गएर नागरिक जीवन बिताएर दुई-चार पैसा कमाउनुभन्दा मान, सम्मानसहित नजिकमा पैसा कमाउनु गर्वको विषय हो । तसर्थ गोर्खा भर्तीलाई निरन्तरता दिनु नै हाम्रो हितमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?