✍️ तोयराज नेपाल
स्कन्द पुराणाअन्तर्गत माघ माहात्म्यमा वर्णित स्वस्थानीको व्रतका विषयमा उल्लेख गरिएको विषय वस्तु र शास्त्रोत्ति प्रमाणका आधारमा स्वस्थानी व्रतकथाको महिमाको विषयमा केही प्रस्तुत गर्ने ध्येय लिएको छु । प्रस्तुत छ...
पौषस्य पौर्णमास्यां तु स्वस्थानीव्रतमारभेत् ।
माघस्य पौर्णमास्यां तु व्रतपूर्णं समाचरेत् ।।
अर्थात् पौषशुक्ल पूर्णिमाका दिनदेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म एक महिना गरिने व्रतलाई स्वस्थानी व्रत भनिन्छ । यस व्रतमा शिवजी तथा स्वस्थानी परमेश्वरी पार्वती अर्थात् परमेश्वर शिव र पार्वती परमेश्वरीको नित्य मध्याहृणकालमा पूजा आराधना गर्नुपर्दछ । यो व्रत स्त्रीजाति अथवा पुरुषजाति जसले लिए पनि हुन्छ ।
सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासनसमासीनां सर्वालंकारभूषिताम् ।
नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभाम् ।।
खड्गचर्मधरां चोर्धवं वामदक्षिणयोः क्रमात् ।
चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीजगदीश्वरीम् ।।
सुवर्णभन्दा पनि दिव्य पहेंलो वर्ण भएकी, तीन आँखा भएकी, कमलको फूलझैँ उज्यालो मुखभएकी, सिंहासनमा बसेकी, नाना अलंकारार लगाएकी, हातमा खड्ग, चर्म (ढाल ) र नीलो कमल लिएकी, चारहात भएकी यस्ती स्वस्थानी परमेश्वरीलाई सम्झिएर मेरो अर्थात् सदाशिवको र स्वस्थानी परमेश्वरीको पनि साथसाथै पूजा गर्नुपर्दछ भनेर शिवजीले पार्वतीलाई बताउनुभएको छ । पूजा आरम्भ गर्नुभन्दा एक दिनअगाडि नै हात गोडाका नङ् काटी स्नान गरी पवित्र भएर शुद्ध वस्त्र पहिरिई श्रद्धा एवं भक्तिसाथ पूजा गर्नुपर्दछ । पूजा गर्दा पूजाका सामग्री वस्त्र, जनै, धागो, सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूलपाती, बेलपाती, तिल, जौ, दूबो, अघ्र्य, पञ्चामृत, सिन्दूर, अबीर, धूपबत्ती, कपुर, नैवेद्य, सुपारी, भेटीआदि सबै तयार पारी मध्याहृनकालमा पहिले कर्मपात्रो बनाएर कुश, तिल, जौ आदि लिएर संकल्प गर्नुपर्दछ ।
महिना दिनसम्म व्रत पूजा गरेपछि माघ शुक्लपूर्णिमाका दिन व्रतको उद्यापन गर्नुपर्दछ । यसदिन अक्षता, जौ, तिल, फूल, दूबो, जनै, सुपारी आदि सबै कुरा १०८ चढाउनुपर्दछ । रोटी मालपुवा आदि नैवेद्य पनि चढाई फेरि १०८ छुट्टै रोटी मालपुवा चढाउनुपर्दछ । त्यसपछि अग्निस्थापना गरी १०८ हवन गर्नुपर्दछ ।
‘म आज पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म नियममा रही श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी पूजा गर्दछु र कथासमेत सुन्छु’, भनी संल्प गरेर अघ्र्य बनाएर सूर्यनारायणलाई अघ्र्य दिएर नमस्कार गरी प्रायश्चित्त गोदान गर्नुपर्दछ । त्यसपछि दियो, कलश र गणेशको पूजा गर्नुपर्दछ । अनि कलशमाथि स्थालीमा अष्टदल लेखी सदाशिवसहित स्वस्थानी परमेश्वरीको प्रतिमा राखी त्यस प्रतिमामा ॐ सदा शिवसहितायै श्रीस्वस्थान्यै नमः भनेर पूजा गर्नुपर्दछ । यसरी नित्य मध्याहृनकालमा पूजा गरी कथा सुनी एक छाक हविष्य भोजन गर्नुपर्दछ । यसरी महिना दिनसम्म व्रत पूजा गरेपछि माघ शुक्लपूर्णिमाका दिन व्रतको उद्यापन गर्नुपर्दछ । यसदिन अक्षता, जौ, तिल, फूल, दूबो, जनै, सुपारी आदि सबै कुरा १०८ चढाउनुपर्दछ । रोटी मालपुवा आदि नैवेद्य पनि चढाई फेरि १०८ छुट्टै रोटी मालपुवा चढाउनुपर्दछ । त्यसपछि अग्निस्थापना गरी १०८ हवन गर्नुपर्दछ । अनि स्वस्थानी परमेश्वरीको भजन, कीर्तन र कथा श्रवण गर्दै रात्रिमा जाग्राम गर्नुपर्दछ । उज्यालो भएपछि स्नान गरेर उत्तरांगपूजा गरी अघ्र्य दिनुपर्छ । अघ्र्य दिनेमन्त्र यसप्रकार छ...
नमस्तेक्स्तु जगन्मातः स्वस्थानि सर्वमंगले ।
तव प्रसादाद्देवेशि व्रतपूर्णं तवाज्ञया ।।
हे स्वस्थानी माता ! हजुरका प्रसादले मेरो व्रत पूर्ण हवोस् भनी प्रार्थना गरी विसर्जन गरेर ब्राहृमणहरूलाई यथाशक्ति दक्षिणा दिई भोजन गराएर ती १०८ मध्ये सबैकुरा आठ–आठवटा झिकी पतिलाई दिनुपर्दछ, पति नभए छोरालाई, छोरो पनि नभए मीत छोरालाई दिनुपर्दछ र मीत छोरो पनि नभए मेरो मनः कामना पूर्ण होस् भनी नदीमा लगेर बगाइदिनुपर्दछ । सय रोटी आफूले भोजन गर्नुपर्दछ । यसरी व्रत गर्दा मानिसका आ-आफ्ना सबै मनः कामनाहरू पूर्ण हुन्छन् ।
स्वस्थानी प्रसंग
पहिले स्वस्थानीको व्रत विष्णुका उपदेशले शिवजी पति पाऊँ, भनी पार्वतीले लिनुभएको थियो । दक्ष प्रजापतिका तेत्तीसकोटि कन्यामध्ये जेठी छोरीको नाम सतीदेवी थियो । सतीदेवीबाहेक सबैको विवाह देवताहरूसँग भएको र सतीदेवी बाँकी थिइन् । शिवजीले माग्दा दक्षले शिवजीलाई म तिमीलाई छोरी दिन्न, भनी गाली गरेपछि शिवजीले विष्णुलाई यो कुराभन्दा विष्णुले म माग्छु भनी माग्न जाँनुभयो तर आफैँलाई माग्नुभयो । अनि शिवजीलाई भन्नुभयो- हेवजी ! विवाहमण्डपमा कन्यादान गर्नेवेलामा भिक्षा माग्नू, मेरो लग्न बित्नलाग्यो एकछिन मेरा छेउमा बस्नुहवोस्, भन्नेछु । अनि हजुर मेरा छेउमा गएर बस्नू पार्वतीको हात हजुरका हातमा हाल्ने प्रबन्ध म मिलाउनेछु भनी विष्णुले सल्लाह गरेर त्यसै सल्लाह अनुसार लग्नका दिन विष्णुले छल गरी झुक्याएर सन्यासीरूप शिवजीका हातमा सतीदेवीको हात थाप्न लगाई शिवजीसँग सतीदेवीको विवाह भयो ।
दक्षप्रजापति शिवजीसँग रिसाएका थिए । दक्षले यज्ञ गर्दा शिव र सतीलाई नबोलाएपछि सतीदेवीले थाहा पाएर बाबाको यज्ञ हेर्न शिवजीले नजाऊ भन्दाभन्दै गइन् । त्यहाँ दक्षले शिवको निन्दा गरेको सतीदेवीले सहन नसकी अग्निकुण्डमा प्रवेश गरी प्राण त्यागिन् र हिमालयकी छोरी पार्वती भएर जन्मिइन् । अनि उनै पार्वतीले विष्णुका उपदेशले शिवजी पति पाउनका लागि स्वस्थानीको व्रत लिइन् र त्यसै व्रतका प्रभावले शिवजीसँग पार्वतीको विवाह भएको थियो ।
गोमा पाँच वर्षकी हुँदा शिवजीले भिक्षुक रूप धारणगरी भिक्षा माग्न जाँनुभयो । गोमाले ढिलो थाहा पाएर भिक्षा दिन जाँदा तैँले भिक्षादिन ढिलो गरिस्, त्यसकाण तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासँग तेरो विवाह हवोस्, तैँले पनि ठूलो दुःख पाउनेछस् भनी श्राप दिए । अनि सात वर्षकी हुँदा सत्तरी वर्षका शिवशर्मा नामका ब्राहृमणसँग गोमाको विवाह भयो ।
शिवभट्ट नामका ब्राहृमण र सती ब्राहृमणीका सन्तान नहुँदा सिद्धिविनायकको उपासनागरी गाईको गोबरबाट यौटी कन्या उत्तपत्ति भइन् । तिनको नाम गोमा राखियो । गोमा पाँच वर्षकी हुँदा शिवजीले भिक्षुक रूप धारणगरी भिक्षा माग्न जाँनुभयो । गोमाले ढिलो थाहा पाएर भिक्षा दिन जाँदा तैँले भिक्षादिन ढिलो गरिस्, त्यसकाण तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासँग तेरो विवाह हवोस्, तैँले पनि ठूलो दुःख पाउनेछस् भनी श्राप दिए । अनि सात वर्षकी हुँदा सत्तरी वर्षका शिवशर्मा नामका ब्राहृमणसँग गोमाको विवाह भयो । गोमा गर्भिणी भएपछि जातकर्म, नामकर्म आदि संस्कार गर्नका लागि भिक्षामागी सम्पत्ति आर्जन गर्न गएका शिवशर्मा बेपत्ता हुँदा गोमाले अर्काका घरमा ढिकी जाँतो गरी बडो दुःखले नवराजका जातकर्म, नामकर्म आदि संस्कार गरी नवराज भन्ने नाम राखियो । पछि चन्द्रावती नामकी ब्राहृमणीसँग नवराजको विवाह पनि भयो । गोमाले बडो दुःख गरी उनलाई हुर्काइन्, बढाइन् । ठूला भएपछि बाबुको खोजी गर्न गएका नवराजले बाबु रूखबाट लडी मरेका उनका हाडखोड भेटी सँस्कार गरी उनी पनि धेरै दिनसम्म बेपत्ता भए । नवराज हिँडेपछि चन्द्रावती पनि माइत गइन् । यता गोमाले झन् ठूलो दुःख पाइन् । त्यसपछि सप्तर्षिका उपदेशले गोमा ब्राहृमणीले यो स्वस्थानीको व्रत लिएर बाबु खोज्न गएका र धेरैदिन बेपत्ता भएका गोमाका छोरा नवराज स्वस्थानीको व्रतोद्यापनका बेला तत्काल आएका र आमाले लिएका यसै व्रतका प्रभावले नवराज लावण्यदेशका राजा भएका थिए । त्यस्तो दुःखमा परेकी गोमा स्वस्थानीका व्रतका प्रभावले राजमाता भइन् । नवराजकी रानी चन्द्रावतीले स्वस्थानीको निन्दा गरेकी हुँदा कुष्ठरोग लागी धेरै दिनसम्म दुःख पाएकी र पछि अप्सराहरूका उपदेशले यिनै स्वस्थानी भगवतीका व्रतका प्रभावले बालुवाका रोटी साँच्चै रोटीमा परिणत भएका र कुष्ठ रोग निको भई फेरि नवराज राजाकी पटरानी भएकी थिइन् ।
चन्द्रावतीले नदीमा बगाएका रोटी नाग र नागिनीले भेटेर धेरै दिनसम्म वियोग भएका नाग र नागिनीको स्वस्थानीका प्रसादद्वारा भेट भएको थियो । डोलेहरूले अप्सराहरूसँग संसर्गमा यो व्रत गरेका हुँदा स्वर्गीय सुख भोग गर्न पाएका थिए ।
आहारशुद्धौ सत्त्वशुद्धिः भनिएको हुँदा हविष्य भोजनबाट बुद्धिको विकास हुन्छ । एकछाक खाने गर्दा पेटमा रहेको अजीर्ण ‘नपचेको अन्न सुपाच्य भई’ राम्रोसँग पचेर शारीरिक स्थिति ठीक हुन्छ । परमेश्वरका कथा भजन आदिले मनमा शान्ति हुन्छ । यस व्रतका प्रभावले पार्वतीले आफूले मनपराएका महादेवलाई पति प्राप्त गरेकी हुँदा यस व्रतबाट आफ्ना मनःकामना पूर्ण हुन्छन् भन्ने कुरा भक्षुकलाई झट्टै भिक्षा नदिँदा आफुलाई दुःख वा हानि हुन्छ, त्यसकारण भिक्षुलाई तुरुन्तै भिक्षा दिनुपर्छ भन्ने र दुःख आइपर्दा पनि नआत्तिइकन सामना गर्दै रहे कालन्तरमा अवश्य सुख प्राप्ति हुन्छ भन्ने कुरा गोमाको कथाबाट बुझेर व्यवहार गर्न सके आफूलाई कल्याण हुन्छ । आमाले लिएका व्रतका प्रभावले बाबु नभएका टुहुरा नवराज समेत राजा हुन पाएका, अप्सराहरूका संसर्गमा डोलेहरूले यो व्रतमा सहभागी भई एकछिन पूजामात्र गर्दा पनि स्वर्गीय सुखभोग गर्न पाएका, यसको प्रसादमात्र खाँदा पनि धेरै दिन बिछोड भएका नाग-नागिनीको भेट भएको हुँदा श्रद्धा एवं भक्तिसाथ महिनादिन यो व्रत गर्दा यस व्रतबाट मानिसका जुनसुकै मनःकामना परिपूर्ण हुन्छन् भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । स्वस्थानीको निन्दा गर्दा चन्द्रावतीले दुःख पाएकी र स्वस्थानीलाई मानेर व्रत गर्दा बालुवाका कल्पित रोटीसमेत साँच्चै रोटीमा परिणत भएका र दुःख कष्ट नाश भई पटरानीसमेत भएकी हुँदा हामी पनि श्रद्धा एवं भक्तिपूर्वक यो स्वस्थानीको व्रत गरी आफ्नो कल्याण गरौँ ।
यो कथा स्कन्दपुराणको केदारखण्डमा महादेवले पार्वतीलाई बताउनुभएको र पछि स्कन्दकुमारले अगस्त्य मुनिलाई बताउनुभएको थियो । ॐश्रीस्वस्थानीपरमेश्वर्यै नमः । श्रीकृष्णार्पणमस्तु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच