काठमाडौं । तत्कालीन सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट धोका पाएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयाे।
‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उहाँले भन्नुभयो ।
तत्कालीन सत्ता गठबन्धनमा आएको फेरबदलले सबैभन्दा बढी झड्का कांग्रेसललाई लागेको छ । केन्द्रदेखि प्रदेशसम्म राजनीति नेतृत्व गुमााएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने विश्वासको मत दिएर केही फकाउन खोजिरहेको छ ।
यता सभामुख र उपसभामुखमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाएर पराजीत बनेको कांग्रेसले फेरि राष्ट्रपतिमा पनि उम्मेदवार उठाउने निर्णय गरेको छ ।
कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उहाँसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेको सुनिएको छैन । उहाँले प्रतिपक्षी दलसँगको सहमतिमा राष्ट्रपतिको उम्मेदवार तय हुने भने बताउँदै आउनु भएको छ । तर, माओवादी कै केही नेताले भने सत्ता गठबन्धनको सहमति अनुसार गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार चयन हुने बताउँदै आएका छन् ।
कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच