‘जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय’

Read Time = 1 min

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताउनुभएको छ । जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकाले वृद्धवृद्धाहरूको संख्यामा वृद्धि भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गर्नुभयो । यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको भनाइ थियो ।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजना ल्याउने बताउनुभयो । १२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत वर्ष आठ लाखभन्दा कम नयाँ जन्ममात्रै दर्ता गरिएको छ । सन् १९७० को दशकमा जापानमा वर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?