आफू अनुकूलको राष्ट्रपति ल्याउन शक्ति केन्द्रको चलखेल : ज्ञवाली

हिमालय टाइम्स
Read Time = 2 mins

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने दाबी गर्नुभएको छ । नेकपा एमाले गुल्मीको छैटौँ पूर्ण बैठकलाई तम्घासमा आइतबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरू दल पनि राजी भएको बताउनुभयो ।

उहाँले उक्त सहमतिका आधारमा पनि नेकपा नेकपा माओवादी केन्द्र आफ्नो निर्णयमा पछि नहट्ने बताउनुभएको हो । ‘सरकारको लागि शितलनिवासमा दाबी पेस गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई राष्ट्रपति र सभामुख दिनेभन्दा अरू दल साक्षी छन् म प्रष्टताका साथ भन्छु,’ उहाँले भन्नुभयो, ‘त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक हुँदैन । सभामुखमा जस्तो निर्णय हुन्छ । म तलमाथि हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’ नेता ज्ञवालीले नेपाली कांग्रेसले दुई दलका बीचमा ‘खेल्न खोज्नु’ स्वाभाविक भएको तर प्रतिपक्षमा बसेर सत्तामा भाग खोज्ने कुरा आश्चर्यजनक धारणा राख्नुभयो । उहाँले शक्तिकेन्द्रहरूले राष्ट्रपति आफूअनुकूल ल्याउनका लागि चलखेल भइरहेको पनि जिकिर गर्नुभयो । यस्तै, सरकारले प्रदेशका मन्त्रालयहरूको संख्या घटाएर राम्रो सन्देश दिएको पनि उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?