लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बताएका छन् ।
युक्रेन आक्रमणअघि पुटिनले आफूलाई क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको जोनसनले आरोप लगाएका हुन् । जोनसनका अनुसार प्रधानमन्त्री छँदा उनले फोनवार्ताका क्रममा आफूले पुटिनलाई युद्ध चरम विनाशकारी हुने बताएका थिए ।
युद्ध भए पश्चिमले नाकाबन्दी गर्ने र युक्रेन नेटोमा सहभागी हुने पनि बताएका थिए ।
जोनसनले बीबीसीको एक डकुमेन्ट्रीमा भनेका छन् ‘बोरिस, म तपाईंलाई दुःख दिन चाहन्नँ। तर, क्षेप्यास्त्र त एकै मिनेटमा हान्न सकिन्छ । तर, रुसले भने जोनसनले ढाँटेको आरोप लगाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच