अख्तियारमा एक बर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ ।

अख्तियारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जनाउनुभएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३३१ भ्रष्टाचारसम्बन्धी उजुरी रहेको प्रतिवेदनमा उलेख छ । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टंगालमा १२ हजार ३०० र मातहतका कार्यालयहरुमा १२ हजार ३१ उजुरी रहेका छन् ।

गत आब ०७८/७९ मा दर्ता उजुरीमध्ये सबभन्दा बढी २७.७ प्रतिशत अर्थात् ४ हजार ४९५ लिखित निवेदन, हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७६०, इमेलबाट २ हजार ७५७ अर्थात् १७ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वेबसाइट, टेलिफोन, समाचारपत्र, मोबाइल एप, फेसबुकलगायत स्रोतबाट उजुरी आएको आयोगले जनाएको छ ।

आयोगले अघिल्लो आर्थिक वर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फर्छ्यौट भएको जनाएको छ । २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फर्छ्यौट भएको जनाएको हो ।

जसअनुसार प्रारम्भिक छानबिन बाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, बिस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारबाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार भ्रष्टचार सम्बन्धी सबैभन्दा बढी उजुरी मधेस प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । त्यस्तै, सबैभन्दा बढी मुद्धा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ । अख्तियारले बुधबार नै बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?