सुदूरपश्चिम प्रदेशसभा बैठक: मुख्यमन्त्री रावलले विश्वासको मत माग्दै

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।  मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकले सबैको ध्यान तानेको छ ।

एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेकाको रिहाइ, चलाइएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको थियो ।

नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सम्भव छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।

यसैबीच अपरान्हका लागि बोलाइएको सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । उक्त छलफलमा सुदूरपश्चिम सरकारलगायत राष्ट्रपतिका विषयमा समेत छलफल भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?