काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौँ हिसान खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । जेभियरले हृवाइटहाउसलाई ३१-१६ ले पराजित गर्यो ।
जेभियरको जितमा कृति चौधरी र पासी शेर्पाले समान ६-६ अंकको योगदान गर्नुभयो । अनिता सुनुवारको १२ अंकको सहयोगमा साइपालले रिलायन्सलाई २७-६ ले हरायो ।
ब्वाइज बास्केटबलमा सिसिआरसी र हिमालयन हृवाइटहाउसले उपाधि भिडन्त पक्का गरे । सिसिआरसीले नवोदितलाई ६१-४८ ले पाखा लगायो । सिसिआरसीका समिप क्षेत्री र प्रनिश तिमिल्सिनाले समान १६-१६ अंक जोड्नुभयो । हृवाइटहाउसले गोल्डेनगेटलाई ५२-२१ ले पन्छायो । विजेताका रोहन मगरले १३ अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच