कोशी प्रदेशमा आज सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर। कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । गठन भएको पाँच वर्षपछि प्रदेश १ को नाम कोसी कायम भएको खुसीमा प्रदेश १ सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सभाबाट कोसी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पहिलो प्रदेश सभाले प्रदेश-१ को नाममा सहमति जुटाउन नसक्दा अन्य ६ वटै प्रदेशको नामकरण हुँदा पनि यो प्रदेशको नाम तय हुन सकेको थिएन । जसका कारण प्रदेश-१ का जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।

बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा चार मत खसेको थियो । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?