एलएलएल ट्राभल्सको शाखा नेपालमा

Read Time = 1 min

काठमाडौं । एलएलएल ट्राभल्सको शाखा नेपालमा पनि स्थापना भएको छ । अमेरिकामा बस्ने युवा व्यवसायीले नयाँ केही गर्ने सोचका साथ एलएलएल ट्राभल्स सञ्चालनमा ल्याएका हुन् । कम्पनीले शुक्रबारदेखि काठमाडौंको सुकेधारास्थित शाखाबाट टिकट सेवासमेत गरेको छ ।

उक्त शाखाको गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भुवन भट्टले उद्घाटन गर्दै नेपाली यात्रुलाई सस्तो र सुलभ हुने गरी ट्राभल एजेन्सी सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो ।

केन्द्रीय कार्यालय अमेरिकाको ओहायो राज्यमा रहेको एलएलएललाई विश्वभरि फैलाउने उद्देश्यले हाल अष्ट्रेलिया, थाइल्याण्ड, युरोप, अफिका भारत र नेपालमा सञ्चालन प्रक्रियामा रहेको बताइएको छ ।

एलएलएलले घरमै बसेर इन्टरनेटमार्फत् सहजै टिकट काट्न र बुकिङ गर्न पाइने सुविधा पनि उपलब्ध गराएको छ । एलएलएलले पानीजहाज, रेल, होटललगायतका पर्यटनसँग सम्बन्धित सेवा प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?