भक्तपुर । भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् ।
ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको बताए । यसपछि आफूलले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खवर गरेको उहाँले जानकारी दिनुभयो । खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँंमा राखेर भाग्न खोजेको कवांले बताउनु भयो ।
प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जानकारी दिनुभयो।
भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ । नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ ।
पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चारजना व्यक्तिहरु ओहोरदोहोर गरिरहेको देखिएको सुनाउनु भयो । पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीलाई प्रहरीलाई बुझाएको नकर्मीले बताउनु भयो ।
घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाउनु भयो ।
तस्बिर सौजन्य : सुरेश कवां
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच