काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुग्नुभएको थियो । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उहाँलाई उम्मेदवार बनाएको थियो ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जना र जनमत पार्टीको तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोग र गठबन्धनका दल भित्रैको शंका उपशंकाका कारण तीन जनाको उम्मेदवारी परेको हो ।
जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ भने जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ ।
संविधानमा भएको समावेशी व्यवस्था र निर्वाचन आयोगले जारी गरेको सूचनाका कारण गठबन्धनका दलबाट तीन जनाको उम्मेदवारी परेको छ । खसआर्य पुरुष बाहेकका उम्मेदवार बनाउन आयोगले भनेको सन्दर्भ र गठबन्धन भित्र आआफ्नो दाबीका कारण तीन जनाको उम्मेदवारी परेको हो । जसपाले यदि पुरुष उम्मेदवार यादवको उम्मेदवारी आयोगले अयोग्य ठहराएमा महिला उम्मेदवार प्रमिलाको उम्मेदवारी कायम राख्ने गरी चलख्याइँ पूर्वक दुई उम्मेदवार अघि सारेको छ ।
यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताउनु भयो ।
आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच