पिएनजी विरुद्ध युएईको सहज जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकीय इनिङको सहयोगमा बुधवार संयुक्त अरब इमिरेट्स (युएई)ले आईसिसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवान्युगिनी (पिएनजी) बिरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ६८ बल बाँकी रहँदा भेटाएको हो । यससँगै युएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ । अघिल्ला दुईमध्ये पहिलो खेल पिएनजी र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । यससँगै पिएनजीले लिग–२ खेल्ने सबै खेल सकिएका छन् । पिएनजीले कुल ३६ खेल खेल्दा ५ खेलमा जित, ३० खेलमा पराजय र १ खेल बराबरीमा सकियो ।

पिएनजीले पूरै ५० ओभर खेलेर ७ विकेटमा दिएको लक्ष्य पछ्याउने क्रममा वासिमले एक्लैले १ सय १९ रनको विस्फोटक इनिङ खेलेका हुन् । ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेको उनले ७६ बलको सामना गर्दा १२ छक्का र ६ चौका प्रहार गर्दै इनिङ उकासेका थिए । वासिमले ६१ बलमा शतक पूरा गरेका हुन् । उनले लिग–२ को एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाए । यसअघि नामिबियाका जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो । जवाफी ब्याटिङ गरेको युएई यसअघि १ विकेट गुमाउँदा २४ रन मात्र बनाएको युएईले दोस्रो विकेट गुमाउँदा १ सय ४९ रन बनाएको थियो । यस्तै भृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए । बलिङतर्फ पीएनजीका लागि राईली हिकुरेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले पूरै ५० ओभर खेलेर २ सय ३४ रन बनाउन सक्यो । शुरुवात खराब भएपनि पिएनजीको इनिङलाई मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । यसै क्रममा कप्तान असाद भालाले अर्धशतकको इनिङ खेलेका थिए । भालाले ९२ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६५ रन जोडेका थिए । यसैगरी नोर्मन भानुआले ३१ बलमा ५ छक्का र १ चौका मद्दतमा अविजित ४९, राइली हिकुरेले ३३, किप्लिङ डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ रन बनाउँदै पिएनजीको इनिङ सम्मानजनक अवस्थामा पु¥याएका थिए । सातौं विकेटका लागि भानुआ र हिकुरेले ७२ तथा चौथो विकेटका लागि भाला र अमिनीले ५३ रनको साझेदारी गरेका थिए ।

युएईका लागि हजरत बिलालले ४ तथा रोहन मुस्ताफा र जवार फारिदले समान १/१ विकेट लिए । लिग–२ को अन्तिम खेल बिहीवार नेपाल र भ्रमणकारी टोली युएईबीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?