काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना अर्थात् असोजसम्म व्यापारघाटा तीन खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । तीन महिनामा ब्यापारघाटा २.१५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाखको व्यापारघाटा थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० को साउनदेखि असोजसम्मका तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख वस्तुको आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । सो अवधिमा चार खर्ब ९९ करोड ८३ लाखको वस्तु आयात भएको थियो ।
निर्यात भने २.२६ प्रतिशतले घटेर तीन महिनामा ४० अर्ब ८७ करोड ४९ लाख रुपैयाँको मात्रै भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ४१ अर्ब ८२ करोड दुई लाखको वस्तु निर्यात भएको थियो । अघिल्ला महिनाहरूमा आयात-निर्यात दुवै घटेकोमा असोजमा भने आयात बढेको हो ।
साउनमा आयात १.५६ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले खुम्चिएको थियो भने भदौमा आयात ५.०६ र निर्यात ७.७९ प्रतिशतले खुम्चिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच