ललितपुर ट्रेड एक्स्पोको तयारी पूरा

मेड इन नेपाल नाराका साथ चैत २२ देखि २६ गतेसम्म ललितपुरमा आयोजना हुने ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । जावलाखेल फुटबल मैदानमा हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशमा उत्पादित विविध वस्तु तथा मौलिक उत्पादन र सेवासम्बन्धी सामान रहने आयोजकले जनाएको छ ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्स र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायत रहने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो । आयोजकका अनुसार एक्स्पोमा मेड इन ललितपुरको पेभिलिन पनि रहनेछ ।

सार्क राष्ट्रबीचको कला संस्कृति र रीतिरिवाज आदानप्रदानमा महत्वपूर्र्ण भूमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पु¥याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो । एक्स्पोका अन्य आकर्षणमा विभिन्न देशका खानाका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनका सयभन्दा बढी स्टलहरू रहने एक्स्पो संयोजक सुनिल विष्टले जानकारी दिनुभयो ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा एनआरएनएले सघाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका लागि साझेदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडाैंस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा एनआरएनए अध्यक्ष डा. बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदिप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको एनआरएनएले जनाएको छ ।
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थल विश्व सम्पदा सूचीमा सूचीकृत रूपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले सिद्धार्थ गौतमका रूपमा यौवनकाल बिताएको (आफ्नो जीवनको झण्डै २९ वर्ष व्यतित गरेको) कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु नगरपालिका, बुद्धको मामाघर रूपन्देहीको देवदह नगरपालिका र नवलपरासीस्थित बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकाको पर्यटकीय प्रवद्र्धन र विकास नै समझदारीको मुख्य उद्देश्य रहेको बताइएको छ ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति, सद्भाव प्रवद्र्धन गर्न, नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन एनआरएनए र स्थानीय सरकारबीचको सहकार्य सुदृढ बनाई बुद्ध धर्मको उद्गम भूमि लुम्बिनीले बोकेको परम्परागत संस्कृति र शान्तिको दर्शन अन्तर्राष्ट्रियस्तरमा पु¥याई बलियो बनाउने संयुक्त प्रयासका रूपमा समझदारीलाई लिइएको छ । साथै बुद्ध धर्मको भावनामार्फत् नेपाल र विश्वभर शान्ति र भाइचारा सिद्धान्त सञ्चार गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा अध्यक्ष केसीले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि, धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैरआवासीय नेपाली संघबीच संस्थागतरूपमै सम्बन्ध कायम भएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसारका जुनसुकै कुनामा जाँदा पनि हामी बुद्ध जन्मेको देशका हौँ भन्दा जति गर्विलो महसुस हुन्छ भनेरमात्र अब पुग्दैन, वास्तवमै गर्व महसुस गर्न हामीले अन्तर्राष्ट्रियस्तरमा बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गरी बढीभन्दा बढी पर्यटक भिœयाउने भूमिका हुनुपर्छ ।’

आफूहरूले केन्द्र सरकारसँग थुप्रै काम गरेको जानकारी गराउँदै अध्यक्ष डा. केसीले स्थानीय सरकारसँग मिलेर एनआरएनएले अझ धेरै काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । हरेक गैरआवासीय नेपाली पर्यटकीय सद्भावनादूत भएको उहाँको भनाइ थियो । देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले लुम्बिनी प्रदेशका चारवटा ऐतिहासिक स्थानलाई विश्व बजारमा चिनाउन र जोड्न एनआरएनएले गरेको पहल सकारात्मक रहेको बताउनुभयो । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्त रूप लिने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि भएको समझदारीले समग्र लुम्बिनी प्रदेशको विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेको उक्त नगरपालिकाका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले जानकारी गराउनुभएको थियो ।

त्यस्तै, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले एनआरएनएसँगको सहकार्यले लुम्बिनी विकासको सपना पूरा गर्ने र पर्यटकीय प्रचारप्रसारमा सघाउ पुग्ने आशा राखेको बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेलले गैरआवासीय नेपालीहरू नै विदेशमा नेपाल चिनाउने सच्चा दूत भएको भन्दै नेपालको पर्यटकीय विकास र प्रवद्र्धनका लागि सरकार सहकार्य गर्दै अघि बढिरहेको र आगामी दिनमा पनि व्यवस्थितरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका उपसचिव तथा पर्यटन प्रवद्र्धन कमिटीका संयोजक सोम सापकोटाले बुद्ध परिपथको महान् अभियान पूरा गर्न एनआरएनएले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका रामप्रसाद ज्ञवाली, लेखा अधिकृत रामचन्द्र अर्याल, एनआरएनएका सल्लाहकार टिबी कार्की, अतुल कोइरालालगायतको उपस्थिति रहेको एनआरएनएले जनाएको छ ।

उपप्रधानमन्त्री महासेठसँग पनि छलफल
एनआरएनए अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरी नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विविध क्षेत्रको समृद्धिका लागि सरकार तथा सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न एनआरएनए तयार रहेको जनाएको छ ।

सो अवसरमा एनआरएनए अध्यक्ष केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराउँदै भविष्यमा ५० अर्बको लगानी भिœयाउने बताउनुभयो । त्यसका लागि गैरआवासीय नेपालीहरूको बाहुल्यता रहेको देशमा रोड शोसमेत गर्ने र रोड शोलगायतका कार्यक्रममा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको केसीले जानकारी गराउनुभयो ।

मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेरमात्रै लगानी गर्न आग्रह गर्दै बिनाअध्ययन ठूला–ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जो जहाँ भए पनि गैरआवासीय नेपालीहरू एउटै कित्तामा उभिएर देशका लागि हातेमालो गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘मन ठूलो बनाएर सबैसँग मिलेर अघि बढ्नुस् ।’

ओली पक्ष दुईखेमा बाँडियो, गिरी र ढुंगेल अध्यक्षका दाबेदार

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु भएको छ । शुक्रबारसम्म चल्ने अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा भइरहेको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । त्यसका लागि ओली बुधबार नै झापा पुग्नुभएको थियो ।

अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ । नेकपा एमाले नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलले आकांक्षी हुनुहुन्छ । तर, बुधबार साँझ केपी ओली पक्षले पदाधिकारी टुंगो लगाएको एमाले स्रोतले सूचना चुहाएको छ । गोप्य सूचना अनुसार अध्यक्षका बलिया उम्मेदवार ढुंगेलसँग छलफलसमेत नगरी गिरीलाई अध्यक्षमा सर्वसम्मत गरिएको छ ।

अध्यक्षमा गिरी, उपाध्यक्षमा असारु राजवंशी, सचिवमा तुलसी कार्की, उपसचिवमा अनिता कन्दङ्वा र खगेन्द्र नेपालको नाम टुंगो लगाइएको छ । राजवंशी दुवैतर्फका साझा उम्मेदवार हुनुहुन्छ । झापाका शक्ति केन्द्र मानिँदै आउनुभएका देवेन्द्र दाहाललाई समेत बाइपास गर्दै केन्द्रीय सदस्य दीपक कार्कीको योजना अनुसार अध्यक्ष ओलीले उक्त नाममा सहमति गर्न जिल्ला नेताहरूलाई निर्देशन दिनुभएको छ । ती नाममा कार्यकर्ता तहमा चरम असन्तुष्टि रहेको स्वयं एमाले नेताहरूले बताएका छन् ।

एमालेका नेता देवेन्द्र दाहालले समेत कार्कीको योजनालाई रोक्न नसकेको चर्चा छ । एमाले झापाका सचिव ढुंगेललाई कार्कीविरुद्ध वर्षौंदेखि प्रयोग गर्दै आउनुभएका दाहाल अध्यक्षमा गिरीलाई नै स्वीकार गर्ने ठाउँमा पुगेको स्रोतको दाबी छ । दाहाल र कार्की समूह जिल्लाको शक्ति संघर्षमा वर्षौंदेखि विभाजित थियोे ।

तर, वर्षौंदेखि साथ दिएका नेताहरूलाई छाडेर दाहाल पनि कार्कीसँग मिल्न पुगेको एमाले झापाका एक नेताले बताए । अध्यक्ष ओलीको निर्देशन अनुसार गिरीलाई अध्यक्ष बनाउने सहमति भइसकेको दाबी गरिएको छ । जिल्लामा सहमति भइसकेको विषयमा आफूहरूलाई जानकारी नभएको गिरी इतर पक्षमा उभिएका नेताहरूले बताउने गरेका छन् ।

कार्कीविरुद्ध उभिनुभएका दाहाल पक्षीय दर्जनौं नेताहरू कार्की क्याम्पमा पुगेका छन् । जिल्लाको शक्ति संघर्षमा दाहाललाई कमजोर बनाउन सफल कार्की समूहको विरुद्ध निर्वाचनमा जान सक्ने सम्भावना प्रवल बनेको बुझिएको छ ।

बहुमत प्रतिनिधिहरू ढुंगेलको पक्षमा मतदान गर्न तयार रहेको गिरी इतर पक्षको दाबी छ । गिरी पक्ष निर्वाचनमा जान नहुनेमा जोडबल गरिरहेको छ । झापा एमालेको शक्ति संघर्षमा प्रेम गिरी र शिव ढुंगेल दुवैजना देवेन्द्र दाहाल पक्षीय नेता मानिनुहुन्छ । दाहाल ढुंगेललाई पाखा लगाएर गिरीलाई कार्कीको बलमा अध्यक्ष बनाउने रणनीतिमा रहेक बुझिएको छ । भर्खरै केन्द्रीय सदस्यमा मनोनित कार्की त्यसअघिसम्म जिल्ला अध्यक्ष दोहो¥याउने तयारीमा हुनुहुन्थ्यो ।

कार्की अध्यक्षमा दोहो¥याउने चर्चा हुँदा गिरी अध्यक्षका आकांक्षी समेत नभएको स्रोतको दाबी छ । कार्की आफू केन्द्रीय सदस्यमा मनोनित भएपछि अध्यक्षमा गिरीलाई अघि सारेको बुझिएको छ । निर्वाचनमा जाने मुडमा रहेको गिरी इतर समूह चुनाव जित्नेमा विश्वस्त छ ।

ढुंगेल विद्यार्थी राजनीति र युवा भएकाले पनि चुनावमा बढी प्रतिनिधिको मत पाउनेमा ढुक्क रहनुभएको छ । तर, अध्यक्ष ओलीको निर्देशन विपरीत जान निक्कै सकस भएको बुझिएको छ । ढुंगेललाई प्रदेश कमिटीमा लगेर मनाउने तयारी भइरहेको छ । तर, ढुंगेलले पहिलादेखि नै त्यो कुरा इन्कार गर्दै आउनुभएको छ ।

केजरीवालको हिरासत बसाई लम्बियो

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको एक अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि अदालतले उनलाई दश दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सो म्याद बिहीबार सकिएको थियो । केजरीवाललाई मदिराको नीतिमा घोटाला गरेको भन्दै भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो । अदालतले केजरीवाललाई थप पाँच दिन ईडीको हिरासतमा राख्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार अदालतमा केजरीवालले आफूलाई किन पक्राउ गरिएको हो भन्दै प्रश्न गरेका थिए । तर, ईडीका अधिकारीहरूले सोधपुछमा केजरीवालले सहयोग नगरेको बताएका थिए । यसैबीच, केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन भन्दै दिल्ली उच्च अदालतमा दायर रिट खारेज भएको छ । केजरीवालले हिरासतबाटै सरकार चलाइरहनुभएको छ ।

लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इण्डिया’ का एकजना प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् । दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समय अगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सन् २०११ मा भारतमा तरंग ल्याउने गरी सन् २०११ मा भ्रष्टाचारविरोधी अभियान सुरु गरेका केजरीवालको गिरफ्तारी देशमा संसद्को निर्वाचनको मिति घोषणा भइसकेपछि भएको छ ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिँदै २७ वटा दलले निर्माण गरेको ‘इण्डिया’ गठबन्धनमा आप पनि सहभागी छ । नयाँ दल भए पनि एक दशकभन्दा केही बढी समयमा आप एउटा बलियो शक्तिका रूपमा स्थापित भएको थियो । उसले सन् २०१३ यता दिल्लीमा विधानसभाको चुनावमा एकपछि अर्को सफलता हासिल गरेको छ, अनि संघीय सरकारविरुद्ध असन्तुष्टि रहेको पञ्जावमा पनि आफ्नो प्रभाव विस्तार गरेको छ । आपले आगामी निर्वाचनमा दिल्लीका सातवटा संसदीय क्षेत्रमध्ये चारवटामा प्रतिस्पर्धा गर्न लागेको छ । सन् २०१९ मा उसले सबै सात सिटमा बीजेपीसँग हार खेपेको थियो । तर, सन् २०२० मा विधानसभाको निर्वाचनमा दिल्लीका ७० मध्ये ६२ सिट जितेको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि केजरीवाललाई सोधपुछका लागि बोलाउँदै आएको थियो । एक साताअगाडि मात्रै ईडीले केजरीवाललाई १०औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत जानुभएको थियो । तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू गत बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उहाँको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् । दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको बिक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानविन गर्दै आएको छ । मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिइसकेका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउनुहुन्थ्यो तर अहिले मदिरामा नीति बनाइरहेका छन्,’ उनले भने । अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफूसँग काम गरेकोमा दुःख लागेको बताएका छन् ।

हामीलाई चाहिएको प्रजातन्त्र

-ललितकुमार यादव-
विश्वमा राज्यहरूको उपस्थिति शासन गर्ने र शासित हुने वर्गको मिश्रणबाट भएको हो । कुनै एक मानव समूह शासक बन्ने बाँकी अरू समूह शासित हुने मानवीय प्रवृत्तिको विकसित रूप राज्य हो । कानुन निर्माण, कानुन प्रयोग र कानुनको व्याख्या गर्ने राज्य संयन्त्रहरू शासनको लागि मुख्य साधनको रूपमा रहेको हुन्छ । तुलनात्मक रूपमा न्यायोचित शासन पद्धतिको नाम प्रजातन्त्र हो । समकालीन विश्वमा प्रजातन्त्र एक अधिकतम स्वीकार्य राजनीतिक पद्धतिको रूपमा रहेको छ । प्रजातन्त्रको अनिवार्य तत्व निर्वाचन हो । जनताले उचित प्रतिनिधि छान्न सके प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन सक्दैन । आज सबै राष्ट्रलाई प्रजातन्त्रको आवश्यकता परेको छ ।

प्रजातन्त्र नेपालमा संस्थागत रूपमा २००७ सालमा सुरु भएको हो । यहाँको प्रजातन्त्रको सुरुवात राणा शासकहरूको १०४ वर्षे लामो वंशीय, जहानियाँ शासनको अन्त्यबाट दबाबपूर्ण सहमति र सम्झौताबाट भएको थियो । सबै देशमा एउटै तरिकाले प्रजातन्त्र आउँदैन, स्थापना हुँदैन । समकालीन विश्वमा प्रजातन्त्र राज्यको शासन सञ्चालन गर्ने एउटा आधारभूत राजनीतिक मापदण्ड बनेको छ । जनताका इच्छा र चाहना बमोजिम सञ्चालन हुने व्यवस्था नै प्रजातन्त्र हो । प्रजातन्त्रमा जनताको बोलवालाको कदर गरिन्छ । जनताको मनोभाव बुझेर कार्य गर्ने सरकारलाई नै प्रजातान्त्रिक या बहुदलीय शासन व्यवस्था भनिन्छ । जनभावना बुझेरमात्र शासन गर्ने प्रणाली प्रजातन्त्र नै एक हो ।

कुनै पनि देशका आमनागरिकहरू आफै शासन गर्दछन् या आफुहरूद्वारा चुनिएका प्रतिनिधिमार्फत शासन गर्दछन् तथा शासन प्रक्रियामा नियन्त्रण र प्रभाव कायम गर्दछन् भने त्यस्तो शासन पद्धतिलाई प्रजातन्त्र भनिन्छ । प्रजातन्त्र भन्नु शासन पद्धति मात्रै होइन, व्यवहार कुशलता पनि हो ।

प्रजातन्त्र शब्द सुन्दैमा प्रिय लाग्छ । तर, प्रजातन्त्रमा पनि भ्रष्टहरू उच्च ओहोदामा पुगेकाले प्रजातन्त्रप्रति जनतामा केही भ्रमको सिर्जना हुनगएको छ । प्रजातन्त्रलाई आ–आफ्ना स्वार्थमा अनेकार्थी बनाउने कार्यले प्रजातान्त्रिक शासन प्रणाली नै बदनाम हुन पुगेको छ । प्रजातन्त्रमाथि प्रश्न उठ्न थालेको छ । प्रजातन्त्र र प्रजातान्त्रिक शासन प्रणालीको पुनर्परिभाषा आवश्यक रहेको बहस सुरु भएको छ । हुन त विश्वका क्रूर शासकहरूले पनि आफूले लादेको शासन व्यवस्थालाई प्रजातान्त्रिक शासन व्यवस्था भनेर नै दाबी गर्दछन् । यहाँसम्म कि जर्मनीका हिटलरले समेत आफ्नो शासन व्यवस्थालाई अत्यन्त प्रजातान्त्रिक भन्ने गर्थे ।

कुनै पनि देशका आमनागरिकहरू आफैं शासन गर्दछन् या आफूहरूद्वारा चुनिएका प्रतिनिधिमार्फत शासन गर्दछन् तथा शासन प्रक्रियामा नियन्त्रण र प्रभाव कायम गर्दछन् भने त्यस्तो शासन पद्धतिलाई प्रजातन्त्र भनिन्छ । प्रजातन्त्र भन्नु शासन पद्धतिमात्रै होइन, व्यवहार कुशलता पनि हो । यो व्यवहार शासकबाट शासितमा देखिनुपर्छ । प्रजातन्त्रमा नागरिक सर्वोच्चता मात्रै भएर पुग्दैन सुशासनको प्रत्याभूति हुनु अनिवार्य हुन आउँछ । सरकारले गर्ने काममा कानुनीराज र प्रजातान्त्रिक शैली देखिनु अत्यावश्यक रहन्छ । तर, नेपालमा यसको ठीकविपरीत अवस्था देखिन्छ । अनि आमनागरिक भन्ने गर्दछन्, ‘पुरानो जहानियाँ शासन फालेर आधुनिक जहानियाँ शासनको सुरुवात गर्न नेताहरूले प्रजातन्त्र ल्याएको हो’ ।

प्रजातन्त्रका सम्बन्धमा प्राचीन ग्रीसदेखि विभिन्न मूल्य र मान्यता स्थापित भएर आएको पाइन्छ । नेपाली भाषामा उच्चारण गरिने प्रजातन्त्रको अंग्रेजी उच्चारण ‘डेमोक्रेसी’ हो । डेमोक्रेसी शब्दको ब्युत्पत्ति ग्रिक भाषाबाट भएको पाइन्छ । तत्कालीन ग्रीसमा अवस्थित नगरराज्य ऐथेन्स र त्यसका शासक वर्गबाट प्रयोग गरिएको शब्दावली ‘डेमोक्रेटिया’ ग्रिक भाषाको ‘डेमोस’ र ‘क्रेटिया’ शब्दको मिश्रित रूप थियो । ग्रिकशब्द ‘डेमोस’को अंग्रेजी अर्थ हुन्छ पिपुल र ग्रिक शब्द ‘क्रेटिया’ को अंग्रेजी अर्थ हुन्छ रुल । ग्रिकशब्द ‘डेमोक्रेटियट’को अंग्रेजी अर्थ हुन्छ ‘रुल अफ पिपुल’ र यसलाई नेपाली भाषामा जनताको शासन भन्न सकिन्छ । प्राचीन ग्रीसमा आजभन्दा करिब २५ सय वर्षपहिले सुरु भएको प्रजातान्त्रिक मान्यता आज विश्वभरि फैलिएको छ ।

प्रजातन्त्रको समावेशी प्रारूपले सबैको आवाज मुखरित हुने अवसरको सिर्जना गर्दछ । प्रजातन्त्रमा जुन निर्णयले सबैलाई प्रभावित गर्दछ, उक्त निर्णय प्रभावित हुने सबैको उपस्थितिमा गरिनुपर्दछ भन्ने मान्यता राख्दछ । उक्त मान्यता समावेशी प्रारूपको प्रजातन्त्रमा कार्यान्वयन हुने गर्दछ ।

प्रजातन्त्र केलाई मान्ने यस विषयमा राजनीतिशास्त्रका विद्वानहरूको बीचमा मतभिन्नता रहेको छ । अब्राहम लिंकन– ‘जनताले जनताद्वारा जनताकै लागि गरिने शासन’, एरिरस्टोल– ‘सरकार र राज्यको बहुसंख्यक जनताको शासन’, हेरिडिटस– ‘राज्यको सर्वोच्च स्थान जनतामा निहित रहन्छ’, अरस्तु– ‘प्रजातान्त्रिक सरकार राज्यको बहुसंख्यक जनताको शासन’, हेनरी क्युरी–शिष्टता र सभ्य जीवनपद्धति’, फ्रेंक–‘बहुमत नागरिकहरूको सहमति र सक्रिय सहभागितामा राजनीतिक निर्णय लिइने प्रणाली’ । प्रजातन्त्रमा आमनागरिकको इच्छा कानुन बन्दछ । प्रजातन्त्रले कुनै एक व्यक्तिको वा समूहको इच्छा वा आदेशलाई मान्दैन ब’ आमनागरिकको इच्छा र चाहनालाई मान्दछ । यसको ठीकविपरीत निरंकुश राजनीतिक प्रणालीमा कुनै एक व्यक्ति वा समूहको स्वेच्छालाई कानुन निर्माण, कानुन प्रयोग र कानुनको व्याख्या गर्ने मूल आधार मानिन्छ । निरंकुशतामा आमनागरिकहरूको इच्छा र चाहनाको कुनै मूल्य हुँदैन ।

आमनागरिकहरूको इच्छा र चाहना निर्वाचनमा जनमतको माध्यमले प्रकट भएको हुन्छ । यसर्थ प्रजातन्त्रको पर्याय भनेको निर्वाचन पनि हो । आवधिक निर्वाचनको अभावमा प्रजातन्त्रको अस्तित्व रहन सक्दैन् । यद्यपि, आमनागरिकको इच्छा र चाहनाको पहिचान गर्ने माध्यम केलाई बनाउने भन्ने प्रश्न कुनै पनि राजनीतिक प्रणालीका लागि महत्वपूर्ण र मुख्य प्रश्न रहेको छ । आमनागरिकको इच्छा र चाहनाको पहिचान गर्ने विभिन्न उपायहरूमध्ये एउटा उत्तम उपाय हो आवधिक निर्वाचन र निर्वाचनमार्फत समाजमा विद्यमान प्रत्येक वर्ग, समुदाय, क्षेत्र र लिंगको राजनीतिमा अनिवार्य सहभागिता ।

यद्यपि कस्तो निर्वाचन प्रणाली प्रजातन्त्रका लागि उपयोगी हुन्छ भन्ने विषय अझै राजनीतिशास्त्रमा बहसको विषय रहेको छ । समाजमा विद्यमान सबै वर्ग, समुदाय, क्षेत्र र लिंगको इच्छ र चाहनाको उचित पहिचान गर्ने सर्वोत्तम निर्वाचन प्रणालीको खोजी वर्तमान आवश्यकता हो । सरकारको अधिकारको स्रोत र सरकार बनाउने प्रक्रियाहरूमा प्रजातन्त्र नाप्न सकिन्छ । प्रजातन्त्रमा सरकारको अधिकारको स्रोत नागरिकहरूको इच्छा र उनीहरूको साझा भलाई गर्ने उद्देश्यमा निहित हुनुपर्दछ । उम्मेदवारहरू मत प्राप्त गर्न स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्दछन् र हरेक बालिग मतदाताले मत दिने अधिकार पाएका हुन्छन् । जसमा दुई आयामः प्रतिस्पर्धा र सहभागिता समावेश हुन्छ ।

प्रजातन्त्रमा सीमित सरकारको परिकल्पना गरिएको हुन्छ । सीमित सरकारको अर्थ हुन्छ निर्वाचनको समयमा जनताले दिएको मताधिकारबाट प्राप्त जनमत । जनमतमा नवनिर्वाचित सरकारले गर्ने कार्यकारी, विधायिकी र न्यायिक कार्यहरूको चित्र कोरिएको हुन्छ । जसको सीमाभित्र रहेर काम गर्नु प्रजातान्त्रिक सरकारको कर्तव्य हुन्छ । जनमतको सीमालाई मुख्य आधार मानेर कानुन निर्माण गर्ने, निर्मित कानुनको पालना गर्ने र कानुनको व्याख्या गर्ने निर्धारित सरकारी दायित्व नै सीमित सरकारको अर्थ हुन्छ । प्रजातन्त्रमा स्वेच्छिक र गैरसंवैधानिक क्रिया गर्न निषेध हुन्छ ।

प्रजातन्त्रमा आमजनताहरू राज्यको शासन सञ्चालन प्रक्रियामा सामेल हुनु पर्दछ भन्ने मानिन्छ । अर्थ, परिभाषा र सारको दृष्टिले प्रजातन्त्र एउटै भए तापनि प्रयोग र प्रारूपको दृष्टिले भिन्न छन् । विश्वमा प्रजातन्त्रका लागि विभिन्न प्रारूप प्रतिपादन गरिएका छन् । वेस्टमिनस्टरियल, उदार, सहभागी, समावेशी र अध्यक्षात्मक लगायत विभिन्न प्रारूप प्रजातन्त्रका प्रचलित प्रारूप हुन् । खास गरी नेपालजस्तो राजनीतिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त समाजको सन्दर्भमा राज्यको शासन प्रक्रियामा न्यायोचित सहभागिता गराउने प्रजातन्त्रको समावेशी प्रारूप उपयुक्त तथा सर्वोत्तम हुने देखिन्छ । प्रजातन्त्रका प्रचलित विभिन्न प्रारूपमध्ये कुन प्रारूप अवलम्बन गर्ने भन्ने प्रश्नको एउटै जवाफ प्राप्त हुन कठिन छ ।

अप्रत्यक्ष प्रजातन्त्रमा समाजका सबै वर्ग र समुदायको संलग्नतालाई कसरी अधिकतम उच्च बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर निरूपण गर्ने सन्दर्भमा प्रजातन्त्रको समावेशी प्रारूप महत्वपूर्ण बनेको पाइन्छ । प्रजातन्त्रको समावेशी प्रारूपले कुनै पनि वर्ग, समुदाय, क्षेत्र र लिंगलाई राज्यको शासन प्रक्रियाबाट बहिष्करण हुनबाट बचाउँछ । समावेशी प्रजातन्त्रले मुख्यतः दुईवटा सकारात्मक काम गर्दछ । पहिलो ऐतिहासिक रूपमा बहिष्करणमा परेको समूहलाई राज्यको शासन प्रक्रियामा सामेल गराउँदछ र दोस्रो उक्त समूहको सामाजिक, आर्थिक तथा राजनीतिक हितको संरक्षण गर्दछ । यस प्रारूपको प्रजातन्त्रले शासन सञ्चालनमा अपनत्वको महसुस गराउँदछ र विद्रोह वा अलगावको राजनीतिक दुर्घटनाबाट राज्य, समाज र मानवजातिलाई सुरक्षित राख्दछ । समावेशी सिद्धान्त समाजलाई उन्नतितर्फ डोर्‍याउने एउटा माध्यम पनि हो ।

प्रजातन्त्रको समावेशी प्रारूपले सबैको आवाज मुखरित हुने अवसरको सिर्जना गर्दछ । प्रजातन्त्रमा जुन निर्णयले सबैलाई प्रभावित गर्दछ, उक्त निर्णय प्रभावित हुने सबैको उपस्थितिमा गरिनुपर्दछ भन्ने मान्यता राख्दछ । उक्त मान्यता समावेशी प्रारूपको प्रजातन्त्रमा कार्यान्वयन हुने गर्दछ । समावेशी प्रारूपको प्रजातन्त्रलाई कार्यान्वयन गर्ने साधनका रूपमा समानुपातिक प्रतिनिधित्वको पद्धति विकास गरिएको छ । यसका माध्यमबाटै विविधतायुक्त नेपाली समाजलाई राज्यको शासन प्रणालीमा प्रतिबिम्बित गर्न सकिन्छ । यो नै प्रजातन्त्रका सबैभन्दा समतामूलक, न्यायोचित र सर्वमान्य प्रारूप हो ।

विद्युत् आयात सम्झौता : आशाको दियो निभ्नु भएन

नमागिएको सल्लाह

१९ पुस २०८० मा नेपाल (भारतविच दीर्घकालीन विद्यत् व्यापार सम्झौता भएपछि नेपाली जनमानसमा आशाको सञ्चार भएको थियो । निर्यात योग्य कुनै पनि उत्पादन भारत र नेपालको प्रतिस्पर्धी वजारमा उत्पादित सामानसंग प्रतिस्पर्ध गर्न नसक्ने र नेपाली समाजमा उद्योगी , व्यापारी प्रति चाहिने जति सकारात्मक धारणा नभएको कारण विद्युत् आयात ले नेपालको निर्यात् व्यापारमा आशाको सञ्चार गराएको पक्कै हो । जसले, जतिबेला जहाँ जतिसक्यो घोटाला गर्ने प्रतिस्पर्धा चलिरहेको वर्तमान नेपाली सामाजिक परिवेशमा नेपाल विद्युत् प्राधिकरणले सही नेतृत्व पाएको र त्यो नेतृत्वप्रति नेपाली समाजमा स्वीकार्यता भएका कारण विद्युत् उत्पादनले नेपालको भविष्य फेर्न सक्छ कि भनेर आशा जगाएको हो ।

नेपालको बिजुली बेचेर समृद्ध नेपालको सपना देखेका नेपालीहरूलाइ विद्यत् व्यापार सम्झौताको म्याद आगामी आइतबार समाप्त हुँदै गर्दा यो आलेखलाई अन्तिम रूप दिँदासम्म उक्त सम्झौता नवीकरण भएको जानकारी सार्वजनिक भएको छैन । नकारात्मक सोचमा रमाउँने जनमानसका लागि अब नेपालमा फेरि लोडसेडिङ तालिका आउने हो कि ? भन्ने संशय पैदा भएको छ ।

नेपालको आन्तरिक माग दुई हजार मेगावाट आसपास रहेकोमा लगभग १४०० मेगाबाटमात्र उत्पादन भएको छ । उत्पादनमा उल्लेख्य कमी आएका कारण, कम भएको मध्ये ४५० मेगावाट बिजुली भारतको ‘इण्डियन इनर्जी एक्स्चेञ्ज लिमिटेड’ (आइएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धा गरी नेपाल विद्युत् प्राधिकरणले खरिद गर्दै आएको छ । डे अहेड बजारमा खरिद गर्ने अघिल्लो दिनमा नै मूल्य र परिमाणसहित विडिङ गरिन्छ ।

सम्झौता नवीकरण नभएको अवस्थामा त अहिले पनि अघोषित लोडसेडिङ भइरहेको भनेर गुनासो गरिरहेका उद्योगपतिहरूको गुनासो अझ धेरै बढ्नेछ । नेपाल विद्यत् प्राधिकरणको भनाइमा विद्युत्को उत्पादन र उपलब्धताका कारणभन्दा पनि प्रसारण लाइनको अभावका कारण यो समस्या आएको हो । विद्युत् प्रसारण लाइन निर्माणमा स्थानीय र अन्य पक्षको निरन्तर अवरोधले प्रसारण लाइनको काम समाप्त गर्न कठिनाइ भएका कारण हेटौंडालगायत औद्योगिक क्षेत्रमा पिक आवरमा केही समय विद्युत् कटौती गर्नुपरेको भनाइ विद्यत् प्राधिकरणको रहेको छ ।

बिजुलीको वर्तमान अवस्था
नेपालको आन्तरिक उत्पादन तिन हजार मेगावट भए तापनि रन अफ रिभर आयोजना धेरै भएको कारण हिउँद याममा उत्पादन निकै कम हुने गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएको र हिउँ पग्लिने क्रम पनि कम भएका कारण नदीहरूमा पानीको मात्रामा धेरै कमी आएको छ । जलाशययुक्त आयोजना प्रशस्त मात्रामा नभएको र भएका आयोजनाको जलसतह पनि घटेका कारण बिजुली उतापादनमा उत्पादकहरूले कठिनाइ झेलिरहेका छन् । नेपालको आन्तरिक माग दुई हजार मेगावाट आसपास रहेकोमा लगभग १४०० मेगाबाटमात्र उत्पादन भएको छ । उत्पादनमा उल्लेख्य कमी आएका कारण, कम भएको मध्ये ४५० मेगावाट बिजुली भारतको ‘इण्डियन इनर्जी एक्स्चेञ्ज लिमिटेड’ (आइएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धा गरी नेपाल विद्युत् प्राधिकरणले खरिद गर्दै आएको छ । डे अहेड बजारमा खरिद गर्ने अघिल्लो दिनमा नै मूल्य र परिमाणसहित विडिङ गरिन्छ । यस्तो भारतीय प्रतिस्पर्धी बजारबाट विद्युत् खरिदका लागि नेपालले २०७८ वैशाखमा अनुमति पाएको हो ।

विद्युत् खरिद सम्झौता हरेक वर्ष नवीकरण गर्ने प्रावधान भएको कारण नेपाल विद्युत् प्राधिकरणले तीन महिनादेखि प्रयास गरिरहेकोमा म्याद सकिन दुई दिन बाँकी रहँदासम्म नवीकरणको जानकारी नआउनुले आशंका र अन्यौल बढाएको छ । भारतले नवीकरणमा ढिलाइ भएको कारणवारे अनौपचारिक रूपमा कुरा हुँदा (भारतमा वैशाख सातदेखि जेठ उन्नाइस) सम्म हुने लोकसभा चुनावमा बढी विद्युत्को आवश्यकता पर्ने र गर्मी यामलाई कारण देखाउने गरेको विषय सार्वजनिक भएको छ । भारतीय अधिकारीहरूको अनौपचारिक कुराकानीको तर्कलाई विश्लेषण गर्दा गर्मी यो वर्षमात्र भएको होइन, हरेक वर्ष गर्मा हुने गरेको छ । एउटा छिमेकी देशसँग सम्झौता गरिसकेपछि चुनावलगायत यो वा त्यो बहानामा बिजुली निर्यात्मा खोचे थाप्ने किमार्थ राम्रो काम होइन ।

भारतीय पक्षको सोच
भारतीय विदेशमन्त्रीले हालै दिएको एक अन्तर्वार्तामा भनेका थिए (हामीले छिमेकीसँग त्यस्तो सहकार्यलाई प्रवर्धन गर्नुपर्छ, जस्बाट आफ्नो हित रक्षा भएको छ भन्ने अनुभूति उनीहरूलाई होस्) विद्यत् सम्झौता नवीकरण नभएको अवस्थामा नेपालमा केही क्षेत्रमा घोषित र अघोषित मात्रामा छोटो समयका लागि भए पनि लोडसेडिङ हुनेछ । यस्तो अवस्थामा नेपाली जनजनमा भारतको असहयोग र निहित स्वार्थ र सानातिना असन्तुष्टिका लागि नेपाललाई दबाबमा राख्न गरिएको हो भन्ने भावनाको सञ्चार हुनेछ ।

यस्तो अवस्थामा विदेशमन्त्री जय शंकरको भनाइ ठीक उल्टो सावित हुनेछ । ‘कूटनीतिमा जे भनिन्छ त्यो गरिँदैन । जे गरिन्छ त्यो भनिँदैन’ भन्ने कहावत झन् सत्य सावित हुनेछ । भारतीय विदेशमन्त्री जय शंकर तत्कालीन अवस्थामा विदेश सचिव हुँदा नेपालको संविधान जारी हुने अघिल्ल दिन नेपाल आएर नेपाली नेताहरूसँग म्याराथुन भेटघाट गरेर संविधान जारी नगर्न दबबा दिएको र त्यो माग पूरा नभएपछि नेपालले करिब ६ महिना भारतीय नाकाबन्दीको सामना गर्नुपरेका कारण पनि नेपाली जनमानसमा उनको छवि कुटिल कूटनीतिज्ञको रूपमा रहेको छ ।

भूगोल, संस्कार, संस्कृतिले स्थापित गरिदिएको तथ्य हो, नेपालको हकमा चीन–भारतजस्तो सहज छिमेकी बन्नै सक्दैन । यसको उदाहरण भारतले लगाएको पछिल्लो नाकाबन्दीको समयमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने काम सेरेमोनियलमात्र भयो । विकल्प दिने किसिमको भएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता बढ्दो छ । आगामी लोकसभा निर्वाचनमा पहिलेको चुनावभन्दा अझ राम्रो परिणामसहित अझ शक्तिशाली बन्नेछन् भन्ने प्रक्षेपण भइरहेको छ । जतिजति लोकप्रियताको सिढी चढेदैछन् उति र उति मोदी आफूलाई मन नपर्नेप्रति असहिष्णु बनिरहेका छन् । झट्ट हेर्दा प्राचीन मुनिजस्ता देखिने मोदी अल्पसंख्यक, हिन्दू इतरप्रति र विरोधीहरूप्रति आक्रामक देखिँदैछन् । पहिले झारखण्डका मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरियो भने पछिल्लो चरणमा दिल्लीका लोकप्रिय मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको छ ।

छिमेकी देशको मामिलामा पनि भारतीय पक्ष नेपालमा सूक्ष्म व्यवस्थापन गर्न चाहन्छ । हरेक सानातिना विषयमा चासो राख्छ भन्ने जगजाहेर विषय हो । अहिले विद्युत् आयात सम्झौता नवीकरण नगरिएको सन्दर्भ पनि कतै मोदीको अहंकारमा ठेस लागेको हुन सक्दछ । त्यसलाई प्रत्यक्ष रूपमा भन्न मिल्दैन । सानातिना विषय जसले नेपाल समस्यामा पर्दछ, त्यसमा अप्ठ्येरो पार्ने बक्र नीति भारतीय पक्षको हुन सक्दछ ।

उसो त भारतीय पक्षले अदुवा, अलैंची जस्ता सानातिना वस्तु निर्यातमा पनि समय–समयमा अवरोध पुर्‍याइरहेकै हुन्छ । जतिजति मोदी शक्तिशाली बन्दै जान्छन् उति–उति उनी आन्तरिक, बाहृय रूपमा असहिष्णु र महत्वाकांक्षी बदैछन् । लिम्पियाधुरा र लिपुलेक नेपाल भारतको विवादास्पद क्षेत्र भन्ने दुवै पक्षले स्वीकार गरेको मान्यतालाई खारेज गरेका कारण नेपालले उक्तक्षेत्र आफ्नो हो भन्नु पर्ने अवस्था बन्यो ।

कट्टरवादी हिन्दु नेता मोदी कतै उनले प्राचीन भारतवर्ष, भारतखण्ड भन्ने सोच राखेर सबै छिमेकीप्रति आक्रामक र हस्तक्षेपकारी त बन्ने होइनन् भन्ने आशंका पलाएको छ । तर के बुझ्नुपर्दछ भने जसरी भारतविरोधी भावना बढेका कारण माल्दिभ्समा चिनियाँ पक्षधर र उग्र भारतविरोधी नेता निर्वाचनबाट विजयी भए त्यस्तै अन्यत्र पनि हुनसक्छ भनेर पाठ सिकाइ गरिएन भने सबैजसो छिमेकी भारतको पोल्टोबाट उम्किन सक्छन् ।

नेपालले गर्नुपर्ने काम
नेपाल–भारत र चीन दुई उदीयमान शक्तिराष्ट्रको चेपुवामा परेको कारण नेपालको लागि असंलग्न परराष्ट्र नीति गुरु मन्त्र हो । आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्न केही नेपाली नेताहरू कुनै देशको नजिक भए तापनि हामीले दुई छिमेकीलगायत अन्य सबै मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध बनाउनुको विकल्प छैन ।

अर्को भूगोल, संस्कार, संस्कृतिले स्थापित गरिदिएको तथ्य हो, नेपालको हकमा चीन–भारतजस्तो सहज छिमेकी बन्नै सक्दैन । यसको उदाहरण भारतले लगाएको पछिल्लो नाकाबन्दीको समयमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने काम सेरेमोनियलमात्र भयो । विकल्प दिने किसिमको भएन । विद्युत् आयात गर्ने सवालमा पनि त्यस्तै हो । कुनै नेतालाई उपचार गरिदिएको, उपहार दिएको, सन्तानलाई निःशुल्क शिक्षा दिएको कारण र अपारदर्शी शासनप्रति लगावका कारण चीनप्रति आशक्ति रहन सक्दछ । तर, कुनै पनि हिसाबले चीन–भारतजस्तो सहज छिमेकी बन्न सक्दैन ।

नेपालका नेताहरू यति बेढंगे छन् कि आफ्नो राष्ट्रिय स्वार्थ के हो र त्यो प्राप्त गर्न के गर्नुपर्छ भन्ने सामान्य ज्ञानसम्म छैन । उदाहरणका लागि नेपालको भैरहवा र पोखराको विमानस्थल चलाउनुछ, पर्यटन मन्त्री बनाइएको छ क्रिश्चियनको पक्षधर र जातीयतावादी सुदन किराती जस्तालाई । हो, हामी आफ्नो देशको मन्त्री कसलाई बनाउने भन्नेमा स्वतन्त्र छौं, विवाद छैन । तर हिन्दुत्वको आक्रामक प्रवक्ता बनेर निस्किरहेको भारतीय सत्ताको स्वभावसँग तादात्म्य राख्ने, भारतीय नेतासँग पहिचान भएको नेतालाइ पर्यटनमन्त्री बनाएको भए केही सकारात्मक संकेत आउने सम्भावना रहने थियो ।

विद्युत् आयात सम्झौता नवीकरणमा देखिएको समस्या सतहमा देखिएको जस्तो होइन । भित्री कुरा अर्कै छ भन्ने जग जाहेर छ । यो विषय विद्युत् प्राधिकरणका प्राविधिक ज्ञान भएका कार्यकारी निर्देशकबाट समाधान हुने विषय भएको भए यति लामो समय कुर्नु पर्ने थिएन । यसभित्र केही गुनासा छन् । त्यो विषय उच्च राजनीतिक नेतृत्वलाई थाहा हुन सक्दछ । पूरा गर्न सम्भव हुने रहेछ भने समाधान गर्नु पर्‍याे । सम्भव नहुने प्रकृतिको रहेछ भने आफू आन्तरिक रूपमा सवल र सक्षम बन्नु प¥यो । जलाशययुक्त आयोजना तत्काल सोचेर तत्काल बन्ने होइन, यसमा युद्धस्तरमा काम गरेर कमसे कम आत्म निर्भर हुने बाटोमा जानु श्रेयस्कर हुन्छ । सौर्य ऊर्जालाई जति बढावा दिनुपर्ने हामीले दिन सकेका छैनौं । कुनै पनि विषयमा निरन्तर लागिरहने संस्था र व्यक्तिको नितान्त अभाव छ नेपालमा ।

यी त भए केही समय लाग्ने विषय । आगामी शनिबारसम्म जानकारी आएन भने नेपालले भारतबाट बिजुली खरिद गर्न पाउनेछैन । ४ र ५ सय मेगावाटको उपलब्धता त्यति सहज पनि छैन । तर, आत्मनिर्भर बनाउने भनेको संकट र समस्याले हो । यो विषयलाई आत्मसात गर्दै गहन गृहकार्यमा लागेर सम्बन्धित पक्षले आवश्यक पहल लिन जरुरी छ ।

हुन त ऊर्जामन्त्रीले सम्झौता नवीकरण नभए पनि लोकसेडिङको अवस्था आउँदैन भन्नुभएको रहेछ । यो भनाइमा सत्यता रहिरहोस् । हिउँद याममा भारतबाट बिजुली खरिद नगरी नेपालको आन्तरिक माग पूरा हुने अवस्था बन्नु सबै नेपालीका लागि सुखद् समाचार हुनेछ । फेरि नेपालमा बिजुलीको लोडसेडिङ सुरु भएर उज्यालो नेपालका प्रवर्तक कुलमान घिसिंगलगायतको व्यक्तित्वमा लोडसेडिङ हुने दिन नआओस् । यतिमात्र होइन विद्युत् आयात को आशाको दियो निभ्नु भएन । उज्यालो नेपालका लागि सबैमा शुभकामना ।

राजधानीको प्रदूषण चिन्ताको विषय

जुनसुकै देशको राजधानीमा अत्यधिक जनघनत्व र वस्तीका कारण स्वाभाविक प्रदूषण रहेको हुन्छ । तर, सुन्दर प्रकृतिको काखमा रहेको नेपालको राजधानी रहेको काठमाडौं उपत्यका प्रदूषणको उच्च जोखिममा पुगेको छ । संसारका बढी प्रदूषित शहरहरूमध्ये काठमाडौं उपत्यका पनि पर्दछ र यो दोस्रो नम्बरमा पर्छभन्दा यो हाम्रा लागि चिन्ताको विषय हो । यस क्षेत्रका विज्ञहरूले पहिलेदेखि भन्दै आएको विषय हो । चीनको बेइजिङ, भारतको कोलकत्ता, बंगलादेशको ढाका, पाकिस्तानको लाहोर, मेक्सिकोको मेक्सिको सिटी, थाइल्याण्डको च्याङमाई, चीनको उहान, भियतनामको हनोई र कम्बोडियाको न्होन्पेहलगायतका ठाउँहरू विश्वका बढी प्रदूषित शहरहरूमा पर्दछन् । तर, यस वियषयमा चिन्ता गरेरमात्र हुँदैन यसलाई कम गर्ने उपायहरूको खोजी पनि गर्नुपर्छ ।

छिमेकी देश भारतको राजधानी शहर नयाँदिल्ली पनि संसारको प्रदूषित शहरमा पर्छ । त्यहाँ अत्यधिक जनसंख्या, अव्यवस्थित बसोवास फोहोरमैलाको समुचित व्यवस्थापन हुन नसक्नुजस्ता अनेकौं कारणले गर्दा कहिलेकाहीँ तुवाँलोले आकाश नै नखुल्ने समस्या सिर्जना हुन्छ । यसले गर्दा विमान सञ्चालन हुन सक्दैनन् र अन्य विभिन्न दैनिकीमा समेत नकारात्मक प्रभाव पर्छ । यस्तै खालका सास्या हाम्रो देशको राजधानी शहरमा पनि पर्न थालेकका छन् । काठमाडौं उपत्यका पहाडी भू–भाग भएका कारण यो चिसो ठाउँ हो । त्यसो भएको हुनाले भारतको दिल्लीमा जस्तो प्रदूषणको समस्या यहाँ नहुनुपर्ने हो तर विभिन्न कारणले काठमाडौं अत्यन्त प्रदूषित हुँदै गएको छ । उपत्यकामा क्षेत्रफलको तुलनामा मानिसहरूको संख्या अधिक छ ।

देशको ०.५ प्रतिशत क्षेत्रफलमा जम्मा जनसंख्याको १५ प्रतिशतभन्दा बढी मानिस बसोवास गरिरहेका छन् । यस उपत्यकाभित्र स्थायी बसोवास गर्नेभन्दा पनि अस्थायी रूपमा बसोवास गर्नेहरूको संख्या बढी छ । यसले गर्दा फोहोरमैलाको उत्सर्जन बढी हुन्छ र त्यसलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । जनसंख्याको अत्यधिक चापले गर्दा यहाँका कञ्चन पानी बग्ने विभिन्न नदीनाला ढलमा परिणत भइसकेका छन् । खोला मिचेर बसोवास गर्नाले त्यस्ता खोलाहरूको प्राकृतिक स्वरूप अब देख्न पाइँदैन । तिनले आफ्नो प्राकृतिक स्वरूप फेरिसकेका छन् । उपत्यकाभित्रका पोखरीहरू पनि बस्ती विकासको चपेटामा परेर धेरैजसो हराइसकेका छन् र केही बाँकी रहेकाहरू पनि पूर्वस्वरूपमा छैनन् । तिनको पानी कुनै पनि घरायसी प्रयोजनमा उपयोग गर्न सकिने खालको छैन । मानिसहरूका अतिक्रमणको चपेटामा परेर यस्ता पोखरीहरू हराउँदै र पुरिँदै गएका छन् । एकातिर काठमाडौं पर्यटकीय गन्तव्यको शहर भनेर परिचित भएको अवस्थामा अर्कातिर प्रदूषणको मार । यदि प्रदूषणलाई कम गर्न सकिएन भने पर्यटकहरूको आगमनमा समेत धक्का पुग्ने निश्चित छ ।

कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ नदीहरूमा मिसाउनाले प्रदूषण अझै बढ्न गएको छ भने यातायातको अत्यधिक चाप र तिनको राम्ररी व्यवस्थापन तथा नियमन हुन नसक्दा धुवाँ र धुलोले पनि यो शहर प्रदूषणले आक्रान्त बन्न पुगेको हो । यहाँको आकाशमा फैलिएको कार्बनजन्य पदार्थले आकाश प्राय धुम्म हुने गर्छ र घामको प्रकाश पनि मधुरो हुन्छ । गाडीहरू र कलकारखानाका कारण ध्वनि प्रदूषणको समस्या पनि त्यत्तिकै पेचिलो बनेर आउने गरेको छ । यस्ता विभिन्न कारणले मौसममा अप्राकृतिक रूपमा फेरबदल भइरहन्छ । वर्षा सन्तुलित रूपमा हुँदैन । कहिले अधिक वर्षा हुन्छ भने कहिले पानी नपरेर विभिन्न खालका समस्या सिर्जना हुनपुग्छन् । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिमात्र होइन अम्ल वर्षासमेत हुनसक्छ ।

गर्मीपछि जाडो सुरु हुने बेलामा र जाडोपछि गर्मी सुरु हुने बेलामा हुने मौसमी फेरबदल प्राकृतिक हो तर यसमा अप्राकृतिक समस्यासमेत थपिँदा मानिसलगायत विभिन्न प्राणीहरूमा यसले अनेकौं समस्या सिर्जना हुनपुग्छन् । विशेषगरी छातीको रोग, रुघाखोकी, दम, बाथ, झाडापखाला, उच्चरक्तचाप, हृदयघातलगायत अनेकौं रोगहरूले सताउन सक्छ । हावामा भएको धुलो र धुवाँ श्वासप्रश्वासका माध्यमबाट सबैभन्दा पहिले फोक्सोमा पुग्छ र फोक्सो प्रभावित बन्छ । त्यसपछि शरीरका विभिन्न अंगमा अक्सिजन र रगतका माध्यमबाट प्रदूषित पदार्थ पुगेपछि शरीरमा सबै भाग प्रभावित बन्न पुग्छन् । मौसमी फेरबदल प्राकृतिक कारणले नै हुने हो तर यसमा मानवीय कारणहरू पनि प्रभावी बन्न पुग्छन् । यस्ता समस्याहरूलाई कम गर्न सरकारी नियम कानुन प्रभावकारी हुनुपर्छ र तिनलाई नियमन गरी व्यवस्थित गर्न सक्नुपर्छ ।

यसैगरी सबै कुरामा सरकारको मुख ताक्ने नागरिकहरूको प्रवृत्तिमा परिवर्तन आउनुपर्छ । सबै काम सरकारले गरिदिन्छ भन्ने मानसिकता नागरिकहरूबाट हट्नुपर्छ र यस्ता प्रदूषणजन्य कार्यबाट बच्ने प्रयसमा सबै लाग्नुपर्छ । आफ्ना काम आफैं गर्ने र सचेतता अपनाउने कार्यमा प्रायः हामी उदासीन रहँदै आएका छौं । यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । यस्तै प्रवृत्तिले गर्दा हाम्रा प्रगतिका बाटाहरूमा अवरोध पुग्ने गरेको छ । यसका लागि सावधानी अपनाउनुपर्छ । आपूmमात्र होइन अरूलाई समेत सावधान बन्न लगाउनुपर्छ । यसो गरियो भने यस्ता प्रकोपबाट जोगिन सकिन्छ र समस्याहरूलाई एकै पटक हटाउन नसके पनि बिस्तारै कम गर्दै लान सकिन्छ ।

खर्चिला चिनियाँ पर्यटक भित्र्याउँ !

चीन सरकारले सन् २०२३ को सुरुताका दुई चरणमा आप्mना देशका नागरिकलाई सन् विदेश भ्रमण गर्न अनुमति दिएको थियो । पहिलो चरणमा २० देशमा जान अनुमति दिएको थियो । पहिलो चरणमा चीन सरकारले आफ्ना देशका नागरिकहरूलाई पर्यटक भई विदेश भ्रमणमा जान दिएको २० वटा देशहरूमा हाम्रो देश परेको थिएन । तर दोस्रो चरणमा चाहिँ चीन सरकारले आफ्ना देशका नागरिकलाई विदेश भ्रमणमा जान योग्य देशमा नेपाललाई पनि पारेको थियो ।

जे होस् चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आफ्ना देशका नागरिकलाई सन् २०२३, पेब्रुवरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रूपमा अनुमति दिएको २० वटा देश थिए, थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीटजरल्याण्ड, हंगेरी, न्युजिल्याण्ड, फिजी, क्युबा र अर्जेन्टिना ।

हुन त चिनियाँ पर्यटकको हालको प्रथम रोजाइका देशहरूमा चाहिँ जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्बे आदि देशहरू छन् । त्यसो त हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाईना आउटबाउण्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी)ले गरेको एक रिपोर्टमा उल्लेख भएनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिक पर्यटक विभिन्न देश घुम्न निक्लिएका थिए भने, सन् २०२३ मा पनि एक सय १० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा दुई सय ५४ दशमलव ६ विलियन अमेरिकी डलर खर्च गरेका थिए ।

चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि उनीहरू विश्वकै धेरै पर्यटकका रूपमा दरिएका छन् । चिनियाँ पर्यटकहरू विश्वकै धेरै खर्च गर्ने पर्यटकका रूपमा दरिन थालेका छन् । विश्वका विभिन्न देशले आ-आफ्नाे देशमा चिनियाँ पर्यटक भित्र्याउन अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए–थालेका छन् । जस्तो, पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्षअघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नाे देश घुम्न दिने गरेको छ ।

चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि उनीहरू विश्वकै धेरै पर्यटकका रूपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटक विश्वकै धेरै खर्च गर्ने पर्यटकका रूपमा दरिन थालेका छन् ।

हामीले चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउन चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने शहरहरू चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहानलगायत शरहमा चीन–नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।

चिनियाँने पर्यटकको संख्या लगातार बढेको गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमी रहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि नौ÷दश दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटक ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय एवं अन्य देशका पर्यटकभन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा भइरेहको देखिन्छ ।

तापनि हामीले सकेसम्म धेरैभन्दा धेरै डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्नसक्ने खालका चिनियाँ पर्यटक भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । धेरै वर्षअघिदेखि नेपाल आउने विदेशी पर्यटक खर्चालु पनि होस् न ? भनी बहस र छलफल चाइएको भए तापनि हालसम्म मन फुकाएर खर्च गर्न सक्ने विदेशी पर्यटक कम संख्यामा मात्रै आइरहेका छन् । स्थानीय रूपमा होटल, होमस्टे, गेष्टहाउस तथा लज चलाउने व्यवसायीहरूका अनुभवमा आजभोलि बरू आन्तरिक पर्यटक (नेपालीहरू)ले पो बरू विदेशी पर्यटकलेभन्दा पनि कता हो, कता बढी खर्च गर्ने गरेका छन् ।

-ninamkirat123@gmail.com

मास्कोमाथिको आतंकारी हमलापछि आउनसक्ने दुष्परिणाम

मास्कोमा इस्लामिक स्टेटद्वारा गएको २२ मार्च २०२४ का दिन गरिएको भनिएको घातक हमलाले यतिबेला विश्व नराम्रोसँग तरंगित छ । मास्कोको संगीत सभागारमा गरिएको यो हमलाबाट १४३ जना निर्दोष नागरिकको अनर्थमा ज्यान गएको छ भने कैयौं मानिस घाइते बनेका छन् । यसको दुष्परिणा के के हुने हो गम्भीर आशंका पैदा भएको छ र विश्वको एक लयमा चल्दै आएको राजनीतिक परिदृष्य बद्लिएको छ । अब मास्कोको कदम के हुने हो यस परिप्रेक्षमा ठूलो सन्त्रास पैदा भएको छ ।
यसले कुनै भरपर्दो मध्यस्थता खोजेर युक्रेनले रुससँग सुरक्षित र सम्मानजनक अवतरणको बाटो खोज्दैछ भन्ने जुन समाचारहरू गतसाता मात्रै प्रकाशमा आएका थिए ती कुरा यतिबेला पछिल्तिर धकेलिएका छन् । युक्रेनमात्रै होइन, उसको टाउकोमा बसेर रुसविरुद्ध युक्रेनलाई उक्साइरहेका र भरथेग गरिरहेको अमेरिका र बेलायत जस्ता देशहरू कुनै भरपर्दो मध्यस्थता खोजेर युक्रेन युद्धलाई अवतरण नगराउने हो भने अझ नराम्रो स्थितिमा फस्न पुगिनेबाहेक अरू केही हात लाग्दैन भन्ने बस्तुगत निष्कर्षतिर लागेको मस्को विश्वस्त हुनसक्ने मध्यस्तकर्ताको खोजी गर्न थालेका थिए भनिन्छ ।

रुसमा यस्ता खालको घातक हमला आजभन्दा दुई दशक पहिलातिरको कालखण्डमा मात्र हुने गर्दथे, जतिबेला चेचेन्यमा मुस्लिम पृथकतवादहरूका बिरू अभियान चलिरहेको थियो । अहिलेको युक्रेन युद्धको क्रमा यस्तो हमला हुनजाँदा त्यसले के प्रश्न खडा गर्दछ भने यो हमलाका विरुद्ध वास्तविक शक्ति को छ ? वर्तमान घटनाको आरम्भमा त रुसी सुरक्षा फौजले एघारजना हमलकारी गिरफ्तार गरेको छ । जसमध्ये अब्दुल्ला, मोहम्मद जस्ता नामहरूबाट पहिचान गराइएको छ । आतंककारी संगठन इस्लामिक स्टेटले यो हमलाको जिम्मेवारी पनि लिएको छ ।

केही महिना पहिला इस्लामिक स्टेटले इरानमा कमाण्डर सुलेमानको मकबरा (चिहान) मा यस्तै हमला गरेको थियो । विचारणीय प्रश्न के छ भने यस्तो बेलामा जतिबेला अमेरिका तथा अन्य पश्चिमा देशहरूको मद्दतले इजरायल लगातार प्यालेस्टिनीहरूको भूमि गाजामा अत्यन्तै क्रूर नरसंहार गरिरहेको छ ।

केही महिना पहिला इस्लामिक स्टेटले इरानमा कमाण्डर सुलेमानको मकबरा (चिहान) मा पनि यस्तै हमला गरेको थियो । विचारणीय प्रश्न के छ भने यस्तो बेलामा जतिबेला अमेरिका तथा अन्य पश्चिमा देशहरूको मद्दतले इजरायल लगातार प्यालेस्टिनीहरूको भूमि गाजामा अत्यन्तै क्रूर नरसंहार गरिरहेको छ । यस्तो बेलामा इस्लामिक स्टेटले पेलेस्टिनीहरूको मित्र देशहरूलाई किन तारो बनाइरहेको छ । यसबाट त रुस र इरानको यस आरोपलाई बल मिल्दछ । अमेरिकी गुप्तचर एजेन्सी सिआईए र इजरायलको गुप्तचर एजेन्सी मोसादले इस्लामिक स्टेटलाई सञ्चालन गरिरहेका छन् ।

हुन पनि रुसी अधिकारीर्लाइ यदि मास्कोको त्यो घातक आतंककारी हमलको पछाडि युक्रेन पनि शामेल भएको कुनै तथ्य प्रमाण फेला परेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जवाफी हमलाको कारबाही भयंकर भयावह हुनसक्नेछ । यदि यसमा जर्मनी, फ्रान्स जस्तो कुनै देशको साँठगाँठ देखापरेमा पुटिनले त्यसलाई निश्चय कडारू पमा दण्डित गर्नेछन् । यस्तो स्थितिले विश्वलाई तेस्रो विश्व युद्धको अवाञ्छित दिशामा धकेल्न सक्छ । बितेका दिनमा जर्मनी सैन्य अधिकारीहरूले क्रिमियमा रुसको महत्वपूर्ण कर्व पुललाई नष्ट गर्ने रणनीतिमा युक्रेनसँग चर्चा गरेको थयो । जर्मन लामो दूरीसम्म मार हान्ने टाँरस प्रक्षेपास्त्र (मिसाइल) युक्रेनलाई उपलब्ध गराउने विषयमा छलफल चलिरहेको कुरा प्रकाशमा आएको हो ।
अनि फ्रान्सका राष्ट्रपति पछिल्ला दिनमा रुसविरुद्ध निकै बढाइचढाइ गरेर बोल्दै आएका छन् । युक्रेनमा नाटो देशका सेनालाई पठाउने कुराकानी चलिरहेको छ । यसो गरेर युरोपेली देशहरू ‘दुर्भाग्य’ निम्तो दिइरहेका देखिन्छन् । यदि रुसी राष्ट्रपति पुटीनलाई विभिन्न किसिमले उक्साउने कोशिश गरिएमा युरोपमा ठूलो स्तरमा युद्ध छेडिन सक्ने स्थिति बन्दछ र त्यसमा परमाणु हतियारको प्रयोग हुनसक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन ।

युक्रेनका विदेशमन्त्री कुलेवाको यतिबेलै अल्मलमा परेको भारत यात्रा यदि भयो भने त्यसको एजेण्ड बर्तमान विश्व सन्दर्भको स्थितिमा के होला ? यतातर्फ विश्वको नजर केन्द्रित भइरहेकै छ र अझ तीव्रताका साथ हुनेछ । मास्कोमाथिको आतंकी हमलापछि युक्रेनले स्वयंलाई निर्दोष र उत्पीडित भएको स्वाँङ रच्ने स्थितिमा हुन सक्ने छैन । रूस पनि युक्रेनको मनसुवाकाप्रति पहिलाभन्दा धेरै बढी सशंकित छ । किनभने रुसले सीमामै आतंकवादको खतराको सामना गर्नुपरिरहेको छ । स्थिति अत्यन्तै गम्भीर छ । युक्रेनका पछाडि अमेरिका र ब्रिटेनजस्ता शक्तिहरूको निरन्तर आडधाप रहँदै आएको छ ।

यस्तो स्थितिमा भारतले अहिले समय निर्धारित भइसकेको युक्रेनका विदेशमन्त्रीको भारत भ्रमणलाई टार्नु या स्थगित गर्नुपर्दछ भन्ने सुझाव त्यहाँका परराष्ट्र मामिलाका विज्ञहरू दिइरहेका छन् । यो समय कुनै शान्ति प्रस्तावको खेस्रा लेख्ने र बोल्ने समय छैन भन्ने उनीहरूको तर्क छ । विशेषगरी यस्तो समयमा जतिबेला यूक्रेनका राष्ट्रपति जेलेन्स्कीले हठीय रबैया अपनाइरहेका छन् र युद्धको मोर्चामा रुसलाई हराउने दिवा स्वप्ना देखिरहेका छन् । यस्तो बेलामा कसैलाई पनि नमागिएको सस्तो सल्लाह दिइनु उचित हुँदैन भनिरहेका छन् । त्यसो गरियो भने राष्ट्रपति पुटिनले त्यसलाई ठाडै दुत्कार्ने छन् भनिँदैछ र यसले दुई देशबीचको परम्परागत असल सम्बन्धमा अमिलोपन आउन सक्ने खबरदारी गरिरहेका छन् । कुनै तेस्रो देशको प्रभाव, दबाब या उक्साहटमा रुस–युक्रेन युद्धमा राय बनाउनु उचित हुँदैन भनिँदैछ ।

प्रष्ट छ, रुसमाथि जुन आतंकी हमला भएको छ त्यसको दुष्परिणाम अकल्पनीय हुनसक्छ । यो रुसको सार्वभौमिकता, स्वाभीमान र स्वतन्त्रलाई ठाडो चुनौती दिने अवाञ्छित घटना हो । यसको प्रतिरोध धेरै घातक र अपूर्व हुनसक्ने सम्भावनालाई कसैले इन्कार गर्न सक्तैन । विश्वभरिका राष्ट्रहरूले त्यो मास्को घटनाको तीव्र विरोध गरेका छन् ।

ग्रामीण युवाहरूलाई विदेशिनबाट रोक्ने उपाय

कुनै समयमा नेताहरूका भाषण सुन्न लायकको हुन्थ्यो । ती भन्थे कि अब सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुग्छ वा प¥याउँछौँ । दलहरू तथा नेताहरूबाट यस्तो प्रतिबद्धता आउनुले निसन्देह आमनागरिकमा उत्साह हुने नै भयो । हुन त प्रजातन्त्र पुनस्र्थापनापश्चात् नागरिकहरूको जीवनमा निकै ठूलो सकारात्मक परिवर्तन नआएको पनि होइन । तथापि ती सकारात्मक परिवर्तनलाई केही भ्रष्टाचार र भ्रामक प्रचारबाजीले आमनागरिकमा नकारात्मक छाप पर्न गएको छ । मानौं नेपालीहरूमा गलत र भ्रामक प्रचारले महत्व पाइराखेको अवस्था देखिन्छ ।

यद्यपि हरेक कालोबादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै पक्कै यहाँ शासकहरूबाट भ्रष्टाचारमात्रै भएको छैन, अवश्य उल्लेख्य उपलब्धि पनि भएका छन् । तर, ती उपलब्धिलाई भ्रष्टाचारका केही घटनाले छोपिदिएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार र सडक सञ्जालमा भएका प्रगतिलाई अध्ययन विश्लेषण नै नगरी जथाभावी गैरजिम्मेवार ढंगले लेखिने, बोलिने गरेको पाइन्छ, जसले सर्वसाधारण नागरिकमा व्यापक भ्रम सिर्जना गरिदिएको छ । बोल्ने र लेख्नेहरूले कम्तीमा शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको क्षेत्रमा आएको परिवर्तनलाई नजरअन्दाज गर्दा कालान्तरमा त्यसको गलत सन्देश जानेछ । कहिलेकाहीँ अन्धराष्ट्रवादले अनरगल होहल्ला मच्चाएर समाजमा अशान्ति फैल्याइरहेकोे पनि हुन्छ ।

राजनीति त स्पष्ट नीति, विचार, सिद्धान्त र आदर्शबाट चल्नुपर्छ तर यहाँ त्यस्तो देखिएन । यहाँ त राजनीतिको नाममा झुट र भ्रमको खेती मौलाइरहेको छ । त्यसैले आज नेपाली समाज त्यही झुट र भ्रामक प्रचारको पछि लागिरहेको प्रष्ट अनुभूति हुन्छ ।

अहिलेको वातावरण नै नकारात्मक भएको र समाजमा अशान्ति सिर्जना गर्न सहज परिस्थितिको निर्माण गरिरहेको प्रतीत हुन्छ । केबल निहित राजनीतिक स्वार्थका लागि सामाजिक वातावरण धमिल्याउने काम जोडतोडले भइरहेकोे सन्दर्भलाई ध्यानमा राख्दा कतै हामीले विभिन्न चरणमा भए गरेका आन्दोलनबाट प्राप्त उपलब्धि गुमाउँदै त छैनौं भन्ने प्रश्न खडा भएको छ । आजभोलि लोकतन्त्रविरोधी शक्तिहरूले मुन्टो उठाउँदै गरेको प्रसंग धेरै गम्भीर प्रकृतिको छ । आजको दुनियाँ एउटै गाउँ भइसकेको सन्दर्भमा कुनै एउटा देशको भौगोलिक सिमानाले त्यहाँका नागरिकलाई थुनेर वा छेकेर राख्न सक्ने स्थिति देखिँदैन । तर, यहाँ यसैलाई ठूलो मुद्दा बनाएर राजनीतिक पेशा बनेको छ ।

राजनीति त स्पष्ट नीति, विचार, सिद्धान्त र आदर्शबाट चल्नुपर्छ तर यहाँ त्यस्तो देखिएन । यहाँ त राजनीतिको नाममा झुट र भ्रमको खेती मौलाइरहेको छ । आज नेपाली समाज त्यहीँ झुट र भ्रामक प्रचारको पछि लागिरहेको प्रष्ट अनुभूति हुन्छ । यसर्थ समाजलाई सही र सत्यको मार्गमा डोहोयाउने निष्पक्ष, स्वतन्त्र सामाजिक अभियन्ताको खाँचो टड्कारो महसुस हुँदैछ । यसतर्फ सबै जिम्मेवार नेपाली नागरिकको ध्यान जान अब ढिला भइसकेको छ ।

मानिसहरूले गाउँगाउँमा भए गरेका विकासबारे कुनै चर्चा छैन । गाउँघरमा पुगेको विकासका सम्बन्धमा चर्चा छैन । त्यस विकासबाट लाभान्वित हुनतिर नलागी नेपाली युवाहरू आज यति उडे उति उडे आदितिर मात्रै ध्यान केन्द्रित देखिन्छ । अब गाउँलाई आवाद गरेर गुल्जार बनाउन लाग्नुपर्ने समयमा हामी अन्य विषयमा कतै बरालिएका त छैनौं ? बसाइँसराइ रोक्न ‘चाणक्य’ नीति अवलम्बन गर्नु आवश्यक छ । त्यो हो नागरिकका लागि सहजै उपलब्ध हुन ती मुख्य कुरा :- (क) वेदपाठी अर्थात् शिक्षा (ख) वैद्ध अर्थात स्वास्थ्य र (ग) साहु महाजन अर्थत् बन्दव्यापार (बजार व्यवस्था) भएमात्रै बसाइँसराइबाट मानिसहरूलाई रोक्न सकिन्छ न कि फोस्रा भाषणबाट ।

जब सडक सबै जिल्ला सदरमुकाम मात्रै होइन अधिकांश गाउँहरूमा पुर्‍याइन्छ तब गाउँहरू पनि स्वभावैले शहरीकरण उन्मुख हुन्छन् । सडकयातायात पुगेपछि त्यहाँ बजार विकास हुन्छ, शिक्षा र स्वास्थ सेवा पनि पुग्न कुनै गाह्रो कुरा हुँदैन । गाउँलाई हराभरा बनाउनतिर सबै लाग्नु जरुरी छ ।

यहाँ वेदपाठी, बैद्ध र साहुमहाजन शब्द चाणक्य नीति अनुसार लिइएको हो । वेदपाठी अहिलेको समयमा समयानुकूल शिक्षा, बैद्ध भनेको अस्पतालमा दिइने स्वास्थ्य सेवा र साहुमहाजनको ठाउँमा बजारीकरण हुनु हो जुन न्यूनतम या आधारभूत आवश्यकता हुन् ती आवश्यकता परिपूर्ति गर्न स्थानीय तहलाई अधिकार सम्पन्न गराएमात्र त्यो गर्न सम्भव छ । यद्यपि स्थानीय तहमा विगतको तुलनामा विकासको गति हृवात्तै बढेको छ । यो यथार्थलाई नजरअन्दाज गर्दै केही पनि भएन भन्नु राजनीति पूर्वाग्रह हो । हामीले २०४६ सालभन्दा पहिलेको अवस्थासँग तुलनात्मक अध्ययन विश्लेषण नगरी सत्य तथ्यको नजिक पुग्न सकिँदैन ।

नेपाली समाज पूर्वाग्रहपूर्ण राजनीतिक प्रोपोगण्डाले नराम्रोसँग गजेटिएको छ । वास्तविकता नबुझी हल्लाकै पछाडि लाग्दा समाज दिग्भ्रमित भएको छ । हो एउटा सत्य के हो भने भ्रष्टाचारका कारण केही अनुचित आर्थिक लाभ लिनेहरूबाट आमनागरिकमा नकारात्मक सन्देश प्रवाह हुनगएको छ । यस्ता भ्रष्ट र भ्रष्टाचारीलाई आफ्नो अर्को नभनी कानुनको दायरामा ल्याउनुपर्छ र चुवाहट भएको पैसा गाउँकै विकासमा खर्चिनुपर्छ । सरकारी नीति ग्रामीणमुखी हुनसके निःसन्देह बसाइँसराइ स्वतः रोकिन गई गाउँघर हराभरा आबाद गुल्जार हुनेमा कुनै शंकै छैन । तसर्थ नकारात्मक प्रचारप्रसार गर्नेहरूसँग होसियार रहौं । भ्रामक प्रचारबाट उत्पन्न हुने अन्यौलमा रमाउनेहरू देशमा विकासको अवरोध बन्दैछन् ।

वातावरण शान्त त स्वस्थ रहे गाउँको विकासले गति समातिहाल्छ । शिक्षा, स्वास्थ्य र बजारीकरणको उचित प्रबन्ध हुने बित्तिकै बसाइँसराइको क्रम रोकिनेमात्रै होइन बसाइँसराइ गरी शहर गएकाहरू पुरानै थलोमा फर्कने क्रम बढ्दै जानेछ । बिरामी पर्दा उपचार चाहिएको छ भने पढ्नका लागि राम्रो स्कुल कलेज र दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध भएपछि किन मानिसहरू बसाइँ सराइको खोजीमा भौतारिन्छन्, तिनै आधारभूत आवश्यकताको अभावमा बसाइँसराइ रहरमात्रै नभई बाध्यता पनि भएको छ । यसर्थ राज्य वा सरकारले ग्रामीणमुखी विकासलाई उच्च–प्राथमिकता राखी नीति निर्माण गर्नु आवश्यक छ ।

जब सडक सबै जिल्ला सदरमुकाम मात्रै होइन अधिकांश गाउँहरूमा पु¥याइन्छ तब गाउँहरू स्वभावैले शहरीकरण उन्मुख हुन्छन् । सडकयातायात पुगेपछि त्यहाँ बजार विकास हुन्छ, शिक्षा र स्वास्थ सेवा पुग्न कुनै गाह्रो कुरा हुँदैन । यसर्थ गाउँहरूलाई आबाद, गुल्जार तथा हराभरा बनाउनतिर सबै लाग्नु जरुरी छ । न्यूनतम पूर्वाधार गाउँमा पुगेपछि आफसेआफ बसाइँसराइ रोकिन्छ । गाउँलाई सुबिधासम्पन्न बनाउन अभिप्रेरित गर्छ र युवाहरूको विदेशिने क्रम रोकिन्छ । सडक यातायातको सुबिधा, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध भएपछि गाउँ छोड्ने क्रम आफैँ रोकिन्छ । रोजगारी त कृषिजन्य उद्योगले नै दिइरहेको हुन्छ ।

आज यस्तो प्रचुर सम्भाव्यता बोकेको ग्रामीण क्षेत्र त्यसै बञ्जर (बाँझो) भएर फालिएको छ । अब राज्यको (सरकारको) गम्भीर ध्यान ग्रामीण विकासमा जानुपर्छ जसले तीव्रगतिमा गाउँ छोड्ने क्रम रोक्न सकोस् । त्यसैले पहिले समस्या बुझ्नुप¥यो कि किन मानिसहरू बसाइँसराइ गरिरहेका वा गाउँ छोडिरहेका छन् । एउटा सानो उदाहरण– धेरैजसो खाडी र मलेसियामा कामको खोजीमा गएका व्यक्तिका परिवारका सदस्य छोराछोरीको शिक्षादीक्षा तथा औषधि उपचारको लागि भनी कम्तीमा नजिकको बजारमा झर्ने गरेको तथ्यसँग हामी सबै परिचित छौं । चुरो कुरो बसाइँसराइ त्यही कारणले भएको हो ।
सरकारले यतिमात्रै गर्न तत्परता देखाउने बित्तिकै नेपालका गाउँहरूले कोल्टे फेर्न कुनै पर्लयको विषयनै बन्दैन । गाउँबाट विकासको लहर ल्यायौँ भने त्यो विकास तुरुन्त देशको राष्ट्रिय उत्पादकत्वमा जोडिन पुग्छ । आर्थिक विकासलाई नेपाल सानोबाट शुरुवात गर्नुपर्छ । ग्रामीण उत्पादकत्वले विशेष गरेर कृषिजन्य वस्तुहरूको आयातमा कटौती हुने निश्चित छ । त्यस कारण ग्रामीण क्षेत्रको विकास आवश्यक र अपरिहार्य देखिँदै छ । गाउँमा जब सडक यातायात हुन्छ तब त्यहाँ ससाना बजार प्रबद्र्धधन हुन्छ अनि शिक्षा र स्वास्थ्यको उचित व्यवस्था हुँदै जाँदा आन्तरिक बसाइँसराइ रोकिनेमात्रै होइन विदेशतिर पलायन हुने क्रम पनि क्रमशः घट्दै जाने अनुमान गर्न सकिन्छ ।

तर, अहिले त विकासका न्यूनतम पूर्वाधार गाउँगाउँमा पुगे पुर्‍याइए पनि मानिसहरूलाई रोक्न सकिएको छैन । तसर्थ गाउँको विकासका आधार के के हुन् पहिले त्यो यकिन हुन जरुरी छ । कसरी बसाइँसराइ र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ त्यहीँ अनुरूपको ग्रामीण विकासको मोडालिटी बनाउन अत्यावश्यक भइसकेको छ ।

भ्रष्टाचारको सञ्जालभित्र कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशमा हुने गरेको अनियमितताको विवरण सार्वजनिक गरेको छ । त्यो विवरण आफैंमा वर्तमान नेपालको तस्वीर हो भन्ने हाम्रो बुझाइ छ । जति शून्यसहनशीलता भने पनि र जति नीति, नियम बनाए पनि भ्रष्टाचारमुक्त समाजको कल्पनै गर्न सकिएन । भ्रष्टाचारमा पढालिखा सरकारी कर्मचारी र राजनीतिक व्यक्तिहरू नै प्रमुख रूपमा लपेटिन पुग्ने गरेका छन् । यसबाहेकको अरू वर्गको पनि भ्रष्टाचारमा संलग्नता त पाइएला तर यस्ता अन्य वर्गलाई भ्रष्टाचारको मूल धारमा समाहित गर्ने काम कि कर्मचारीहरूबाटै हुन पुग्छ कि राजनीतिज्ञहरूबाट ।

मजदुर, किसान, अनपढ कोही पनि बुझेर आर्थिक वा अन्य खाले भ्रष्टाचारको खेतीमा लाग्दैन । आचरणगत प्रश्न भने सबैका लागि समान हुनसक्छ । अहिले भ्रष्टाचारमा संलग्न हुने वर्गमा मूल रूपमा कर्मचारीहरू नै देखिन आएका छन् । अख्तियारले संकलन गरेको तथ्यलाई हेर्ने हो भने यही पुष्टि हुन आउँछ । सरकारी जागिर खानका लागि निजामती सेवामा प्रवेश गर्नु नै भ्रष्टाचारका लागि लाइसेन्स लिनु हो भन्ने मान्यता नेपाली जनमानसमा स्थापित बन्दै आएको छ । हाम्रो मूल समस्या भनेकै यही हो । समाजले समेत यस प्रवृत्तिलाई गौरवपूर्ण अनुभव गरिरहेको देखिन्छ । छिमेकको कुनै कर्मचारी सँधियारले गाडी किन्यो, विशाल आकारको घर बनायो, सन्तानलाई सबैभन्दा महँगो विद्यालयमा भर्ना गर्‍याे भने समाजले त्यसलाई प्रगतिका रूपमा हेर्ने गरेको छ । त्यो सबैको आधार के होला भनेर खोज्ने काम गर्दैन ।

अर्कोतर्फ हेर्ने हो भने निजामती सेवा भनेको सरकारलाई काममा सघाउ पुर्‍याउन व्यवस्था गरिएको कर्मचारीतन्त्र हो । यो अति नै सम्मानित क्षेत्र हो तर पहिलेदेखि नै विकसित बन्दै आएको बद्नियतपूर्ण मानसिकताले गर्दा यो क्षेत्रप्रति आमरूपमा सकारात्मक सोच विकास हुन सकेको छैन । कर्मचारीतन्त्रभित्र राम्रा र सच्चरित्रवान व्यक्तिहरू पनि पर्याप्त छन् । केही थोरै व्यक्तिहरूबाट हुने गरेका कमीकमजोरीका कारण सिंगो कर्मचारीतन्त्र नै बद्नाम बन्न पुगेको छ । अहिले भन्दा साढे दुई शताब्दी पहिले पनि हाम्रो समाज यस्तै थियो भन्ने आधार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘घुस लिन्या र घुस दिन्या मानिस राष्ट्रका शत्रुर हुन्, यस्ताको जिउ ज्यान गरे पनि कमै हुन्छ’ भन्ने भनाइबाट पुष्टि हुन्छ ।

त्यसभन्दा पछिको समय हो आदिकवि भानुभक्त आचार्यको । त्यस बेलाको नियमकानुन कडा थियो । भानुभक्त परिपक्व उमेरको हुँदासम्ममा नेपालमा राणा शासनको सुरुवात भइसकेको थियो । बाबुलाई लागेको भ्रष्टाचारको अभियोगमा छोरा भानुभक्तले जेल सजाय भोग्नुप¥यो तर त्यस मुद्दाको र उनका छिमेकी गिरिधारी भाटसँगको मुद्दाका क्रममा कर्मचारीहरूले भोलि भोलि भनेर टार्न पन्साउन खोजेको सन्दर्भ उनका कविताहरूमा उल्लेख भएको छ । उनले कवितामै यसको जानकारी जंगबहादुरका भाइ कृष्णबहादुर राणालाई गराएपछि मात्र उनको मुद्दा फैसला भएको थियो र उनले जितेका थिए । यसबाट यो ढिलासुस्ती, अनियमितता, कामचोर प्रवृत्ति, भ्रष्टाचार उहिलेको समाजमा पनि रहेछ भन्ने थाहा हुन्छ ।

अहिले यसको स्वरूप बदलिएको छ, प्रकृति बदिलिएको छ मात्रा र घुस लिने दिने वस्तु वा सामग्री फेरिएका छन् तर प्रथा उही छ उस्तै छ पृथ्वीनारायण शाह र भानुभक्तका पालामा भन्दा कम भएर गएको छैन बरू अझै धेरै गुनाले फष्टाउँदै गएको छ । यही नै हो हाम्रो विडम्बना । यसले न देशको र समाजको इज्जत जोगाउन सकेको छ न त राष्ट्रिय विकास निर्माणमा खर्च हुने गरेको रकम त्यसका लागि उपयोग हुन सकेको छ । राजनीतिज्ञहरू अस्थायी स्वरूपका हुने भएको हुँदा ती त आउँछन् जान्छन् तर कर्मचारी स्थायी हुन्छन् र लामो समयसम्म एकै ठाउँमा रहिरहन्छन् । यही कारण तिनलाई रकम कलमको स्रोत, परिचालन गर्ने शैली, सहयोग लिनुपर्ने मानिसहरू, खर्चको विवरण तयार पार्ने नियमकानुन आदि विभिन्न कुराको जानकारी हुन्छ । राजनीति गर्ने मानिसलाई यस्ता सबै विषयको जानकारी हुँदैन । एक कार्यकाल जितेको व्यक्तिलाई अर्को कार्यकालका लागि टिकट पाउने र जित्ने कुराको ग्यारेन्टी हुँदैन । त्यसैले उसले आफ्नो छोटो कार्यकालमा सकेसम्म बढी भ्रष्टाचार गर्ने नियत राखेका हुन्छ । यसका लागि कर्मचारीलाई गोटी बनाउने गरिन्छ । कर्मचारीहरू पनि यसरी राजनीतिज्ञहरूसँग मिलेर केही आर्जन गर्न पाइने लोभमा यस्ता कृत्यप्रति आकृष्ट बन्नपुग्छन् । लोमो समयसम्म सेवामा रहिरहनुपर्ने यो वर्ग अन्ततः उसका यस्ता कमीकमजोरीहरू बाहिर आएर भ्रष्टाचारको आरोपमा अधिकार प्राप्त निकाय अथवा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा फस्न पुग्छन् ।

घुस खाने वा भ्रष्टाचार गर्ने वर्ग कर्मचारी र राजनीतिज्ञमात्र होइन अन्य वर्गहरू पनि हुनसक्छन् तर ती वर्ग भने कर्मचारी र राजनीतिज्ञहरूसँग गाँसिएर मात्र आउँछन् आफैं एक्लै आउँदैनन् । तिनलाई अनियमितता गर्न पनि राजनीतिज्ञ र कर्मचारी वर्गले नै सिकाएको हुन्छ । विशेषगरी विभिन्न आयोजना वा विकास निर्माणका कार्यमा जिम्मेवारी लिने ठेकदारहरू यस खालका ठूला अनियमिततामा संलग्न हुने गरेका छन् । तिनलाई यस्ता कार्यमा दुरुत्साहन गर्ने वर्ग चाहिँ मूल रूपमा कर्मचारी वर्ग नै हो । अख्तियारले निकालेको तथ्यांकले पनि यही कुरालाई पुष्टि गरेको छ । यस्ता कार्यमा संलग्न नभई कर्मचारी वर्ग निष्कलंक बन्नसक्ने हो भने समग्र भ्रष्टाचारमा कमी आउन सक्छ । जसका लागि तिनले राजनीतिज्ञको अनावश्यक दबाबलाई निर्भीकता र निर्भयताका साथ सामना गर्न सक्नुपर्छ । कर्णाली प्रदेशको भ्रष्टाचार विवरणले बाँकी क्षेत्रलाई समेत ऐना देखाएको छ ।