पछिल्लो समयमा आएर सरकारले जनतामा केही आशा जगाउने कामको थालनी सुरु गर्दै छ । सुन तस्करको आरोपमा भिआइपी नै अनुसन्धानको दायरामा तानिएपछि अब सरकारले केही गर्छ कि भन्ने आस जागेको छ । सधैंभरि सरकारको आलोचना गर्न कसैलाई रहर हुँदैन, देशमा राम्रो काम नभएपछि जनताले सरकारको आलोचना गर्नु स्वाभाविक नै हो । पछिल्लो समयमा आएर सरकारले उठाएका कदमप्रति जनता खुशी नै भएका छन् । सरकारको यो कदम मौसमी गतिविधिमात्र हो कि निरन्तरता पनि पाउँछ भन्ने कुरा मुख्य प्रश्न बनेर खडा भएको छ ।
विशेष गरेर गृहमन्त्री रवि लामिछानेको सक्रियताले वर्तमान सरकार लोकप्रिय बन्दै जानथालेको छ । गृहमन्त्री लामिछानेले जुनसुकै दोषीलाई नछाडने प्रतिबद्धता जनाएका छन् । उनको आँट र साहसलाई सबैले मान्नै पर्छ । देशमा सुशासन कायम गर्न यस्तै आँटिलो मन्त्रीको आवश्यकता हुन्छ । रविजस्तै अरू मन्त्री पनि सक्रिय बन्ने हो भने यो देशमा तस्कर र भ्रष्टाचारीहरूको भागाभाग हुने थियो र, अन्त्यमा कानुनको दायरामा नआई सुखै हुने थिएन । आज देशमा जे भइरहेको छ राम्रै हुनका लागि भइरहेको छ भन्ने आस गर्न सकिन्छ ।
व्यापार, व्यवसाय केही नभएका नेताहरूको देशका विभिन्न शहरमा घरघडेरी छन् । त्यो कसरी सम्भव भयो । जनताको नाम भजाएर अकूत सम्पत्ति जोड्ने नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । यो काम वर्तमान सरकारले गर्नुपर्छ । विगतमा जस्तो कमजोरी गरेर अब देश बन्दैन ।
यसअघि सरकारका काम कारबाहीप्रति असहमति जनाउँदै थुप्रै आलेख मैले पनि लेखेँ । जे देख्यो त्यही लेख्ने बानी र इमान मसँग छ । कसैको लिनु र खानु मलाई छैन । त्यसैले म कसैसँग पनि डराउँदिन । देश र जनताको पक्षमा राम्रो काम हुँदै गयो भने हामी सबैले साथ र सहयोग गर्नुपर्ने जरुरी हुन्छ । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय पनि हो यो । अब सरकार इमानका साथ अघि बढनुपर्ने जरुरी देखिएको छ । देश र जनतालाई धोका दिनेप्रति खरो भएर उत्रनुपर्छ । लामो समयदेखि जनता दुःख व्यहोर्दै आएका छन् । देशमा ठूला ठूला परिवर्तन भएर ती परिवर्तन जनताको बलमा मात्र सम्भव भएका हुन् । देशमा व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ ।
अब सरकार जनताको अवस्था बदल्न अघि बढ्नुपर्छ । त्यसो भयो भनेमात्र जनताको मुहारमा खुशीयाली छाउने छ । जनताको मुहारमा खुशीयाली छायो भनेमात्र यो लोकतन्त्र बलियो बन्छ । लोकतन्त्र बलियो भयो भनेमात्र दलहरूको अस्तित्व रहन्छ । आज देशमा केही तत्वहरू लोकतन्त्र कमजोर बनाउन सक्रिय बनिरहेका छन् । उनीहरूको सपना पूरा हुन नदिन सरकारले राम्रो काम गरेर देखाउनुपर्छ । देशमा सुशासन कायम हुँदा धेरै राम्रो हुन्छ । कुशासनले गर्दा देश बर्बाद भएको हो । यो देश सपार्न आँट र साहस भएको नेता चाहिन्छ । देशले त्यो खोजिरहेको छ । लोभी पापीहरूको झुण्डले देश बर्बाद बनाउँदै आएका छन् । अब वर्तमान सरकारले विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।
राजनीतिक परिवर्तनको औचित्य व्यवहारमा पुष्टि गर्न सक्नुपर्छ । शासन–प्रशासन चलाउने राजनीतिक दलका नेता र कार्यकर्ता, कर्मचारीतन्त्र देश र जनताप्रति जिम्मेवार एवं संवेदनशील हुन जरुरी छ । कमिसन, भ्रष्टाचार र ठगी गरेर राज्यको स्रोतको दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।
सत्ताको दुरूपयोग गरेर व्यक्तिगत इच्छा पूर्ति गर्ने र राज्य व्यवस्थालाई नै बद्नाम गराउने काम राजनीतिक नेतृत्वबाट पटक–पटक हुने गरेको छ । यो कुरा सबै नेपाली जनतालाई अवगत भएको कुरा हो । व्यापार, व्यवसाय केही नभएका नेताहरूको देशका विभिन्न शहरमा घर घडेरी छन् । त्यो कसरी सम्भव भयो । जनताको नाम भजाएर अकूत सम्पत्ति जोड्ने नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । यो काम वर्तमान सरकारले गर्नुपर्छ । विगतमा जस्तो कमजोरी गरेर अब देश बन्दैन । देश बनाउन सबै त्यागेर अघि बढ्नुपर्छ । लोभलालच सबैभन्दा पहिला त्याग्नुपर्छ । नेताहरूमा लोभलालच बढी हुनाले देश बन्न नसकेको हो ।
अनियमितताको विषयमा छानबिन गर्न आयोगहरू बने तर त्यसलाई सरकारले खासै कार्यान्वयन गरेको देखिएन । जनआक्रोश मत्थर गर्न आयोग गठन हुने तर आयोगले गरेको सिफारिश खासै कार्यान्वयन नहुने यस्तो पनि देखियो । यसका कारण दलीय व्यवस्थाप्रति जनतामा नैराश्य पैदा हुन थालेको छ । यसो हुन नदिन सरकार गतिका साथ अघि बढ्नुपर्छ । चित्तबुझ्दो काम गरेर जनताको मन जित्न सक्नुपर्छ । हरेक नेपालीको मुखमा हाँसो ल्याउने काम सरकारले गर्नुपर्छ ।
नेता भनेका जनताका भरोसाका धरोहर हुन् भन्ने कुरा स्थापित गर्नुपर्छ । दलका नेताहरू आफ्नो स्वार्थका लागि जस्तोसुकै अवस्था सिर्जना गर्न तयार हुँदै गएकाले पनि जनतामा नेताप्रति घृणा जागेको हो । माओवादीका अधिकांश नेता तथा उनीहरूका परिवारका सदस्य भ्रष्टाचारको काण्डमा मुछिएका छन् । सुनतस्करी काण्डमा मुछिएका छन् । यसले गर्दा पार्टी नै बद्नाम भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा आएर आफ्ना मान्छे भनेर जोगाउने काम गरेका छैनन् । यो राम्रो कुरा हो । प्रधानमन्त्रीको पछिल्लो कदमलाई सही मान्नुपर्छ । सत्ता जोगाउनेभन्दा पनि देश र जनताको भाग्य र भविष्य बनाउने काममा गम्भिर बन्नुपर्छ । त्यसका लागि जस्तोसुकै निर्णय गर्न पनि सरकार तयार हुनुपर्छ । मुलुकमा देखिएको बेथिति अन्त्यका लागि राज्य कठोर हुनैपर्छ ।
नेपाली जनता ६ दशकभन्दा बढी समय विभिन्न आन्दोलन गरी राजनीतिक परिवर्तनका निम्ति संघर्ष गर्दै आएका छन् । त्यही संघर्षको उपलब्धि स्वरूप नेपालले संघीय, लोकतान्त्रिक, गणतन्त्र ल्याएको हो । संविधानसभाबाट बनेको संविधानले त्यसलाई संस्थागत गर्दै कार्यान्वयनको प्रक्रियामा रहेको छ । नेपाली जनताले ठूलै राजनीतिक उपलब्धि प्राप्त गरेको राजनीतिक दलका नेतालाई मोटो र सम्पन्न बनाउन होइन, देश र जनताको भविष्य बनाउन हो । आमजनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटाघाटा, सिँचाइ, बिजुली, खानेपानीजस्ता आवश्यकता सबै ठाउँमा अझै पूरा हुन सकेका छैनन् ।
राजनीतिक परिवर्तनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ । यसले गर्दा आमनेपाली जनताले व्यवस्था फेररमात्र पुग्दैन, अवस्था फेर्नुपर्ने जरुरी देखिएको छ । राजनीतिक व्यवस्था फेरिए पनि नेपाल र नेपालीको अवस्था फेरिएको छैन । राजनीतिक उपलब्धि हासिल गरेरमात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्नु ठूलो कुरा हुन्छ । अब विकास र समृद्धिलाई तीव्रता दिन जरुरी देखिएको छ ।
राजनीतिक परिवर्तनको औचित्य व्यवहारमा पुष्टि गर्न सक्नुपर्छ । शासन–प्रशासन चलाउने राजनीतिक दलका नेता र कार्यकर्ता, कर्मचारीतन्त्र देश र जनताप्रति जिम्मेवार एवं संवेदनशील हुन जरुरी छ । कमिसन, भ्रष्टाचार र ठगी गरेर राज्यको स्रोतको दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । त्यसो भयो भनेमात्र केही सुधार हुन्छ कि भन्ने हो । सर्वसाधारण जनता राम्रो भविष्यको खोजीमा विदेश जाने क्रम अझै रोकिएको छैन । दिनहुँ बढेको बढ्यै छ । सुशासनको अवस्था कमजोर रहेको छ । राज्यले रेमिट्यान्स, भन्सार राजस्व र वैदेशिक सहायतालाई मुख्य स्रोतका रूपमा लिइरहेको छ ।
उत्पादनमुखी, रोजगारमूलक पुँजी निर्माणमा सरकार नलागेसम्म समस्या उस्तै रहने निश्चित छ । यो नेपाली राजनीतिको यथार्थता हो । यसलाई बदल्नुपर्ने दायित्व राजनीति दल र तिनका नेताको हो । राज्यसत्तामा जानु भनेको आफू र आफन्तलाई बनाउन होइन, देश र जनताको भविष्य बनाउन हो । राजनीतिक परिवर्तनको रक्षा र सुदृढीकरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने कुरामा एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ ।
त्यसो भयो भनेमात्रै साँच्चिकै यो राजनीतिक परिवर्तन देश र जनताका लागि रहेछ भनेर पुष्टि हुन्छ । त्यसैले आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्न व्यापार घाटा कसरी कम गर्ने र पुँजी निर्माण कसरी बढाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । देश बनाउनका निम्ति राज्य, सरकार, निजी क्षेत्र र समाजका सबै पक्ष मिलेर सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । सबै एकताबद्ध भएर नेपाली समाजको आर्थिक समृद्धिको अभिभारा पूरा गर्न अघि बढ्नुपर्ने आवश्यकता छ । देशको भविष्य बनाउन सबै राजनीतिक दलहरूका बीच संवाद, सहमति र सहकार्यको बाटो रोज्नुपर्छ । सत्ता स्वार्थको बाटो रोजेर देश बन्न सक्दैन । अब सबै राजनीतिक दलहरू इमानदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच