15th June | 2021 | Tuesday | 9:41:00 AM

भारत र श्रीलंकाबीच शृंखला हुने

एजेन्सी   POSTED ON : बैशाख २८, २०७८ (९:०० AM)

भारत र श्रीलंकाबीच शृंखला हुने

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमले जुलाईमा एकदिवसिय र टी–२० सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ । जहाँ भारतले तीन एकदिवसीय र पाँच टी–२० खेलको सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले श्रीलंका भ्रमणमा हाल इंग्ल्याण्ड सिरिजका लागि टिममा रहेका खेलाडी नजाने बताउनुभएको छ । श्रीलंकाविरुद्धको सिरिजका लागि ए टिमका खेलाडी जाने बताइएको छ । बीसीसीआईले इंग्ल्याण्डसँगको पाँच टेष्टको सिरिजका लागि २० खेलाडीको टिम बनाएको छ । यस्तै टेष्ट च्याम्पियनसिपको फाइनलका लागि पनि सोही टिमले प्रतिस्पर्धा गर्नेछ ।

बीसीसीआईले श्रीलंका टुरका लागि छुट्टै टिम बनाउने भएको छ । श्रीलंकाविरुद्धको सिरिजको तालिका अझै पनि फाइनल गरिएको छैन । तर बीसीसीआईले अक्टोबरमा हुने टी–२० विश्वकपका लागि खेलाडी तयार पार्ने लक्ष्यका साथ यो सिरिज गर्न लागेको बताइएको छ ।


Views: 91