‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’

Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

मन्त्रालयद्धारा आज यहाँ आयोजित ‘दूरसञ्चार सेवाको पहँुच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिय कार्यक्रममा उहाँले भन्नुभयो, “सूचना र प्रविधिमा सबैको पहुँच विस्तार गर्नका लागि सूचना प्रदायक निकाय र जनप्रतिनिधिसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।” 

मन्त्री गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा प्रदेश नं १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदको सुझाव सङ्कलनसमेत गरिएको छ । मन्त्रालयले शुक्रबारदेखि सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी सुझाव सङ्कलन गर्ने भएको छ । 

सो अवसरमा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या समाधन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद डा विजय सुब्बाले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार गरी आम नागरिकको पहँुचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश नं १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा दूरसञ्चारसम्बन्धी रणनीति बनाउने तयारी गरेको जानकारी दिनुभयो । 

दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्षयता इन्टरनेट विस्तारको काम द्रूतगतिमा अघि बढाइएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१÷८२ सम्ममा थप नौ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने उहाँको भनाइ छ । 

नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइवर बिछ्याउने काम भइरहेको बताउनुभयो  । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?