काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बिमा योजना ल्याएको छ । योजनाअन्तर्गत बच्चा जन्मेदेखि १७ वर्ष उमेरसम्म पाँचदेखि २५ वर्ष अवधिका लागि बिमा गर्न सकिने र न्यूनतम बिमांक ५० हजारदेखि अधिकतम बिमांक प्रस्तावकको आर्थिक अवस्थाका आधारमा निर्धारण गर्न सकिनेछ ।
बिमा अवधिभर बिमित जीवतै रहेमा बिमा अवधि समाप्तिमा बिमांक र बोनस रकम एकमुष्ट भुक्तानी गरिने बताइएको छ । जोखिम प्रारम्भ हुनुअघि नै बिमितको मृत्यु भएमा बिमालेखको शर्तको अधिनमा रही बिमकले प्राप्त गरेको अतिरिक्त बिमाशुल्कबाहेक सम्पूर्ण बिमाशुल्क फिर्ता दिइने कम्पनीले जनाएको छ । त्यसैगरी जोखिम प्रारम्भ हुनुअघि नै प्रस्तावकको मृत्यु भएमा र बिमितको कानुनी संरक्षकले बिमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बिमकले प्राप्त गरेको सम्पूर्ण बिमाशुल्क फिर्ता हुनेछ ।
जोखिम प्रारम्भ भएपछि बिमा अवधिभित्र बिमितको मृत्यु भएमा बिमालेखको शर्तको अधिनमा रही बिमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिने कम्पनीले जनाएको छ । बिमांकको ७५ प्रतिशत रकम व्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनस एकमुष्ट रकम बिमा अवधि समाप्तिपछि भुक्तानी दिइने बताइएको छ ।
बिमा योजनामा अतिरिक्त बिमाशुल्कबापत बिमाशुल्क छुट सुविधा, मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधासमेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधाअन्तर्गत चार वर्षभन्दा मुनिका बालबालिकाको जोखिम बहन, बिमा प्रारम्भ मितिले न्यूनतम दुई वर्षपछि सुरु गर्न सकिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच