‘आँधी तुफान-२’ ले तोक्यो प्रदर्शन मिति

Read Time = 3 mins

काठमाडौं । अहिले नेपाली चलचित्रले गति लिन थालेपछि निर्माण भएर बसेका चलचित्र प्रदर्शन हुन थालेका छन् । साथै तयारी अवस्थामा रहेका चलचित्रहरूले प्रदर्शन मिति तय गरिरहेका छन् । कोरोना महामारीबीच पनि निर्माण भएको नयाँ नेपाली चलचित्र ‘आँधी तुफान-२’ ले पनि प्रदर्शन मिति तोकेको छ ।

चलचित्रको निर्माण टिमले पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो । चलचित्र आगामी साउन २० गतेबाट प्रदर्शन हुने जानाइएको छ । साथै सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सस्पेन्स थ्रिलर चलचित्रलाई व्यावसायिकरूपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्सन सिनेमाले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभएको छ । २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा आँधी तुफानको सिक्वेललाई यसपटक मदन घिमिरेले निर्देशन गर्नुभएको छ ।

ओम साईभक्त मुभी प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, बिन्दिया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

चलचित्रमा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उपे्रतीको छायाँकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरि उप्रेती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?