राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

Read Time = 1 min

काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?