एचआर एक्सिलेन्स अवार्ड २०२२ नबिललाई

Read Time = 3 mins

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत नबिलले अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ । बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गर्दै काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । कर्मचारीको बैंकप्रतिको अनुभवको उत्कृष्टताका आधारमा बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीले ग्रहण गरेका थिए ।

त्यस्तै एक्सिलेन्स इन एचआर इन्नोभेसन एन्ड टेक्नोलोजी अवार्ड युनिलिभर नेपाल लिमिटेड, एक्सिलेन्स इन इम्प्लोइ एक्सिपिरेन्स अवार्ड डाबर नेपाल, एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड नेपाल फर्मास्युटिकल्स ल्याबरोटरी प्रालि, एक्सिलेन्स इन इन्डस्ट्रियल रिलेसन्स अवार्ड रिलायन्स स्पेनिङ मिल्स लिमिटेड र एक्सिलेन्स इन इम्प्लोयर ब्रान्ड अवार्ड एनसेल एक्जिटा लिमिटेडले प्राप्त गरेका छन् । व्यक्तिगततर्फको एक्सिलेन्स इन एचआर लिडरसिप अवार्ड सशिन जोशीले प्राप्त गर्नुभएको आयोजक संस्थाका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभएको छ । अवार्ड छनोटका लागि प्राडा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल गठन गरिएको थियो । हरेक वर्ष २००८ देखि आयोजना हुँदै आएको यसपटको एचआर मिटको १४ संस्करणको दुईदिने सम्मेलनको उद्घाटन डा. भगवान कोइरालाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?