प्रेमको वरिपरि घुमेको ‘कबड्डी ४’को ट्रेलर

Read Time = 2 mins

काठमाडौं । आगामी जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी-४’को प्रेमले भरिएको ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम र कमेडीले भरिएको चार मिनेट २८ सेकेन्ड लामो ट्रेलरमा काजी नाम रहेका दयाहाङ राई शान्ति नाम गरेकी मिरुना मगरसँग नजिक भएपछि मायमा प्रेममा आउने उतारचढाव देखाइएको छ ।

‘कबड्डी-४’लाई ‘कबड्डी’ सिरिजको अन्तिम शृंखला भनिएको छ । यसैले यसपटक काजी (दयाहाङ राई) को जोडी बाँधिने ट्रेलरमा झाँक्रीले बोल्ने संवादले प्रस्ट्याउँछ । झाँक्रीले काजीको जोखाना हेर्दै भनेका छन्, ‘जसरी हेर्दा पनि यो साल त तिम्रो बिहे मात्र देखाउँछ त हो काजी । योपटक त बेहुला भागेर हिँडे पनि बिहे हुन्छ ।’

रामबाबु गुरुङले निर्देशनमा तयार भएको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । चलचित्रलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेख्नुभएको हो । निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई शैलेन्द्र डी. कार्कीले छायांकन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?