रूसको आक्रमणमा युक्रेनको ओडेसा विमानस्थल ध्वस्त

Read Time = 1 min
A A- A+

किभ । रूसले युक्रेनको ओडेसा विमानस्थल ध्वस्त पारेको छ । रूसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्णरूपमा ध्वस्त भएको हो । ओडेसाका क्षेत्रीय गभर्नरले रूसको कब्जामा रहेको क्रिमियाबाट रकेट प्रहार गरिएको बताए ।

रूस र युक्रेनबीच जारी युद्धको ६८औं दिनमा पुगेको छ । यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्‍याएको छ । रूसले गत फेब्रुवरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रूसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधै चहलपहल रहेने युक्रेनी शहरमा मसाटघाट जस्तै सन्नाटा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?