मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिज पछिल्लो समय केही विवादमा मुछिनुभएको छ । मनी लाउण्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण ज्याकलिनको पछिल्लो समय समाचार बढी बन्ने गरेका छन् ।
पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउण्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । भारतीय सञ्चारमाध्यम न्यूज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड भारु चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएको ठानिएको छ ।
साथै, चन्द्रशेखरले ज्याकलिनको परिवारलाई १ लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको अनुमान गरिएको छ । यसअघि इडीसँगको बयानमा सुकेशले ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री गिफ्ट दिएको बताउनुभएको थियो । साथै, सात करोड बराबरको गहना र एस्पुला नामक घोडा उपहार दिएको सुकेशले बताउनुभएको थियो ।
अमेरिकामा बसोबास गर्दै आउनु भएकी ज्याकलिनकी बहिनीलाई पनि सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋणसमेत दिएको जनाइएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :