पातारासीको लोर्पा गाउँका किसान आलुखेतीमा आकर्षित

Read Time = 2 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालि स्थित लोर्पा गाउँका किसान पछिल्लो समयमा आलुखेतीमा आकर्षित भएकाछन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा आँखैमा टाँसिन्छ, लोर्पा गाउँ ।
परम्परागत खेती प्रणाली त्याग्दै व्यवसायिक कृषिकर्ममा लागी परेका लोर्पावासि मकै, गुहँ, जौं रोप्दा दुःखमात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमि, तरकारी, स्याउ, ओखर खेती गरिरहेका छन् ।
सिजनमा आलुबाटै घरखर्चदेखी बच्चाहरुको पढाई खर्च समेत आलु खेतीबाट हुने गरेको स्थानीयवासि धनवीर बोहोराले बताउनुभयो । स्थानीयवासिले उत्पादन गरेको ताजा पोषणयुक्त कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीयवासि बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषि खेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिनुभयो ।
खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?