सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि जापान र थाइल्याण्डकोे सम्झौता

Read Time = 2 mins

टोकियो । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान-ओ-चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्वका विषयमा छलफल गर्नुभएको थियो ।

युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायात विषय सम्झौतामा समेटिएको छ । ‘हाम्रो रक्षा उपकरण र प्रविधि हस्तान्तरण सम्झौतामा द्विपक्षीय रक्षा सहयोग विस्तार गर्ने एक प्रमुख कदम हो,’ किशिदाले संयुक्त सम्मेलनमा बताउनुभएकोे छ ।

गत शुक्रबारदेखि अन्तर्राष्ट्रिय भ्रमणमा रहनुभएका जापानी प्रधानमन्त्रीले इण्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री किशिदा यही शुक्रबार स्वदेश फर्कनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?