न्युयोर्क । महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स ९एएपी० र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् । २०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो ।
देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच