मुम्बई । बलिउड चलचित्र ‘रनवे ३४’ अहिले प्रदर्शन भइरहेको छ । यस चलचित्रमा अभिनेता अजय देवगन मुख्य भूमिकामा हुनुहुन्छ । उहाँले चलचित्रमा पाइलटको भूमिका निर्वाह गर्नुभएको छ । तर भारतीय पाइलट महासंघले अजयमाथि यो चलचित्रमा पाइलटलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ । चलचित्र वास्तविक घटनामा आधारित रहेको दाबी गरिएको छ । तर, चलचित्र पूर्णतया काल्पनिक कथामा आधारित रहेको महासंघले जनाएको छ ।
सन् २०१५ मा दोहाबाट कोचीको विमानको क्रयास ल्यान्डिङको वास्तविक कथामा आधारित यो चलचित्र रहेको दाबी गरिएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण विमान दुर्घटना हुँदा धेरै यात्रुको मृत्यु भएको थियो । तर पाइलट महासंघले चलचित्रमा देखाइएका कुरा सत्यताभन्दा टाढा रहेको बताएको छ ।
पाइलट महासंघका सचिव क्याप्टेन सिएस रन्धावाले ‘रनवे ३४’ को निन्दा गर्दै विज्ञप्ति जारी गर्नुभएको छ । भनिएको छ, ‘चलचित्रमा पाइलटको पेशालाई जसरी चित्रण गरिएको छ, त्यो सत्यभन्दा टाढा छ । चलचित्रमा जसरी चित्रण गरिएको छ, त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा अनेक किसिमका भ्रम पैदा गर्न सक्छ ।’
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल