काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताउनु भएको छ । प्रधानमन्त्री समेत रहनु भएको कांग्रेस सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताउनु भयो ।
‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भन्नुभयो ।
काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गर्नुभयो । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भन्नुभयो ।
सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गर्नुभयो । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचाराले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।
आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताउनुभयो । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
काठमाडौंमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताउनु भयो । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको