पुलिसको अपराजित यात्रा जारी

Read Time = 3 mins

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबको छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रा जारी छ । महिलातर्फ पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको हो । पुलिसले प्रतिभा माली बेगर खेलेको न्यू डायमण्डलाई २५-११, २५-१७, २५-१५ ले पराजित गरेको हो । पुलिसले आफूले खेलेको तीन खेलमा तीनै खेलमा जित हात पारेको छ । यससँगै पुलिसको लिगमा नौ अंक भएको छ ।

यस्तै बिहीबारै भएको महिलाको अर्को खेलमा अर्को विभागिय टोली एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५-१३, २५-१०, १९-२५, २५-१९ ले पराजित गर्‍यो । एपीएफको तीन खेलबाट ६ अंक भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिगमा पुरुषतर्फ गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित निकाले । गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३-२ सेटमा पराजित गरे तापनि अंक बाढ्न बाध्य भयो । गलकोटले ढोरपाटनलाई २३-२५, २५-१५, १८-२५, २५-२२, १५-८ ले पराजित गरेको हो । गलकोटको यो जितसँगै दुई अंक भएको छ भने ढोरपाटनको एक अंक भएको छ ।

अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबमाथि ३-० को जित निकाल्यो । हेल्प नेपालले २५-२३, २५-२३ र २५-२०को जित निकाल्दै आफ्नो खातामा थप तीन अंक जोड्यो । यस सँगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ । सेनाले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गर्दै थप तीन अंक जोडेको थियो ।

लिगमा पुरुषतर्फ सात टिम र महिलातर्फ पाँच टिमको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेष्ट मावि छ । विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधातर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?