काठमाडौंमा आफू नै योग्य उम्मेदवार रहेको स्थापितको दाबी

Read Time = 3 mins

काठमाडौं । काठमाडौंमा आफू नै योग्य उम्मेदवार रहेको केशव स्थापितले दाबी गर्नुभएको छ । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को तर्फबाट मेयर उम्मेदवार स्थापितले काठमाडौंमा आफू नै योग्य उम्मेदवार रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत दाबी गर्नुभएको हो ।

उहाँले काठमाडौं महानगरलाई समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक नगर बनाउने आफ्नो योजना रहेको बताउनुभयो । स्थापितले आफू र आफ्नो टिमलाई जिताएर महानगरपालिकाको सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो ।

काठमाडौंका सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधारको स्तरोन्नति, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षा र समग्र उपत्यकाको पुनर्जागरण आफ्नो प्रथामिकता रहने उहाँको भनाइ थियो । स्थापितले घोषणापत्रमा लेखिएका सबै प्रतिबद्धता पूरा गर्ने पनि बताउनुभयो ।

स्थापितले समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक नगर काठमाडौंलाई बनाउने दाबी गर्नुभएको छ । उहाँले प्रतिबद्धता पत्रमा शहरी आवागमन तथा यातायात पूर्वाधार विकास, खानेपानी, आकाशेपानी तथा ढल व्यवस्थापन, सम्पदा संरक्षण तथा पर्यटन, शहरी कृषि, पशुसेवा तथा बजार व्यवस्थापन, शिक्षा, युवा रोजगारी तथा उदमशीलता प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन तथा वातावरणीय प्रवद्र्धन, जनस्वास्थ्य सेवा, सामाजिक सेवा र सुरक्षा, युवा रोजगार तथा खेलकुद, विपद व्यवस्थापन तथा शहरी सुरक्षा, सूचना तथा सञ्चार, भू-उपयोग तथा बसोवास, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार जस्ता विषयलाई समेट्नुभएको छ ।

उहाँले काठमाडौं महानगरलाई संघीय नेपालको सांस्कृतिक, प्रशासनिक एवं आर्थिक केन्द्र सहितको राजधानीको रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?