युनियन लाइफको अध्यक्षमा अग्रवाल

Read Time = 1 min
A A- A+

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाले सुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ । सभाले नयाँ सञ्चालकमा कम्पनीको संस्थापक समूहतर्फ सुलभ अग्रवाल, सन्दिपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल, सीमा गोल्छा र सर्वसाधारण समूहतर्फबाट सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो ।

साथै साधारणसभाले बिमा समितिले तोकेको समयभित्र पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउन अन्य जीवन बिमा कम्पनीबीच मर्ज वा प्राप्ति कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?