काठमाडौं । साताभर सेयर बजार उतारचढावपूर्ण रहृयो । साताभर नेप्से एक सय १७ अंकले घटेर २२३८.६३ अंकमा झरेको छ । यस साता चार अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने सेयर बजार पुँजी ३१ खर्ब ८४ अर्ब ७६ करोडमा झरेको छ । यस साताको तीन कारोबार दिनमा एक करोड २२ लाख २५ हजार कित्ता सेयर कारोबार भएको हो । गत साता पाँच कारोबार दिनमा दैनिक औसतमा एक अर्ब ६४ करोड ११ लाख रुपैयाँ गरी कुल आठ अर्ब २० करोड ५७ लाखको कारोबार भएको थियो ।
सूचीकृत कम्पनीको मूल्य घट्दा यस साता कुल बजार पुँजीकरण पाँच प्रतिशत अर्थात् एक खर्ब ६६ अर्ब रुपैयाँ घटेको छ । यो साता सबै समूहको परिसूचक घटेकोमा वित्त समूहको सर्वाधिक ८.९४ प्रतिशत घटेको छ । सबैभन्दा कम म्युचुअल फन्डको सूचक १.९३ प्रतिशतले घटेको छ । हिमालयन जनरल इन्स्योरेन्स, समता घरेलु लघुवित्त, महुली लघुवित्तको बोनस तथा एभरेस्ट बैंकको ऋणपत्र गरी चार कम्पनीको कुल २७ लाख ४२ हजार १.७२ कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ३३.०८ प्रतिशतले बढेर १५२०.६० रुपैयाँ पुगेको छ भने एनआइसी एसिया सेलेक्ट फन्डको मूल्य २.६७ प्रतिशत र सामुदायिक लघुवित्तको १.१५ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ४१.५७ प्रतिशतले घटेको छ भने युनियन हाइड्रोपावरको १९.६५, ग्रिन भेञ्चर १९.४५, बुद्धभूमि हाइड्रोपावर १६.६७, छ्याङ्दी हाइड्रोपावर १४.२०, दिव्यश्वरी हाइड्रोपावर १४.०६, लिर्टी इनर्जी १३.९८, मल्टिपर्पस फाइनान्स १३.६१, घलेम्दी हाइड्रोपावर १३.३७ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १२.८५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै १३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरी, सूर्या लाइफ, नबिल बैंक, एनआइसी एसिया बैंक र निफ्राको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच