काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म विभिन्न ८० बालीवस्तुका सात सय २३ जात विकास गरी किसानसम्म पु¥याएको छ । बाली तथा वागवानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धानलगायत कृषि क्षेत्रका विभिन्न विधाका उक्त जातहरू उन्मोचन गरिएको नार्कले आफ्नो ३१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
हाइब्रिड धानतर्फ पछिल्लो समय नार्कले हर्दिनाथ हाइब्रिड धान १ र हर्दिनाथ धान ३ उन्मोचन गरेको छ भने डुबान, खडेरी सहन सक्ने बहुगुणी धान १, बहुगुणी धान २ र सुक्खा धान ६ विकास गरेको छ । त्यस्तै सुगन्धित धान १ र खुमल वासमती १६ लगायतका वास्नादार धानका धात पनि विकास गरेको छ ।
चैतेधानका जातमा हर्दिनाथ १ र हर्दिनाथ ३, मसिना धानका जातमा हर्दिनाथ ६, चैते ५ र सम्वा मन्सुली सव धान १ विकास गरेको छ । त्यस्तै मसिनो तथा सुगन्धित धानतर्फ लल्का वासमती विकास गरिएको र जुम्ली मार्सी दर्ताका लागि प्रस्ताव गरिएको नार्कका योजना तथा समन्वय निर्देशक डा. युगनाथ घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार पाखोबारी तथा असिञ्चित जग्गामा हुने घैया ३, हर्दिनाथ ४ विकास गरिएको छ भने डुबान हुन सक्ने गंगा सागर १ र गंगा सागर तथा छिटो पाक्ने र असिञ्चित जग्गामा लगाउन सकिने हर्दिनाथ ४ विकास गरिएको छ ।
मकैतर्फ ध्वाँसे पातडढुवा रोग प्रतिरोधी मनकामना ९ (आठ सयदेखि १८ सय मिटर उचाइ) मा खेती गर्न सकिने जात सिफारिस गरिएको छ । रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १४ र रामपुर हाइब्रिड १६ उन्मोचनका लागि राष्ट्रिय बिउबिजन समितिबाट पास भएको छ । त्यस्तै तातो सहने जाततर्फ रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० विकास गरिएको छ ।
गहुँतर्फ विभिन्न १० वटा जात विकास गरिएकोमा पाँचवटा जात जिंकयुक्त रहेका छन् । हिमगंगा, भेरीगंगा, खुमलशक्ति, जिंक गहुँ १, जिंक गहुँ २ जिंकयुक्त जात हुन् । सुजीका लागि पनि ड्युरम खजुरा १ र ड्युरम खजुरा गहुँका जात विकास गरिएका छन् भने सुक्खा तथा तातो सहन सक्ने वोर्लग २०२० विकास गरिएको छ ।
अन्यतर्फ मुसुरो, बोडी, बदाम, उखु, फापर, जौका पनि विभिन्न जात विकास गरिएको छ भने गोलभेडा जातमा खुमल हाइब्रिड १, खुमल हाइब्रिड रहेका छन् । रायो, सखरखण्ड, भन्टा, काँक्रो, चौमसे सिमी, मालेपाटन हिँउदे सिमी १ र मालेपाटन हिँउदे सिमी २ विकास गरिएका छन् । त्यसैगरी केरा, आँप, सुन्तला, स्याउलगायतका विभिन्न जात विकास गरिएको नार्कले जनाएको छ । पशु तथा मत्स्यतर्फ बढी उत्पादन दिन सकिने कुखुरा, बोर बाख्रा, कार्प, असला र प्रगासलगायतका माछाका जातको पनि स्तरोन्नति गरिएको छ ।
पत्रकार सम्मेलनमा नार्क कार्यकारी निर्देशक डा. दीपक भण्डारीले सीमित साधन स्रोतका बाबजुद पनि नार्कले अनुसन्धानका क्षेत्रमा धेरै काम गरेको जिकिर गर्नुभयो । उहाँले हाइब्रिड जातको प्रयोग नगरी उत्पादकत्व बढाउन नसकिने भन्दै कुल बिउबिजनको ५० प्रतिशत हाडब्रिड प्रयोग गरेमा उत्पादन बढ्न सक्ने पनि उहाँले बताउनुभयो । ५० प्रतिशत हाइब्रिड, ३०/४० प्रतिशत विकासे जात र १० प्रतिशत रैथाने जातको प्रयोग गर्नुपर्ने भण्डारीको सुझाव छ । त्यसो त कार्यकारी निर्देशक भण्डारीले प्रविधि विकासले मात्रै उत्पादन बढ्न नसक्ने भन्दै सिञ्चित जमिन कम भएकाले पनि खाद्यान्न उत्पादन अपेक्षाअनुसार बढ्न नसकेको बताउनुभएको छ ।
हालसम्म ३० प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाइ सुविधा पुगेको भन्दै उहाँले धान, गहुँ र मकैको उत्पादन बढाउन सिंचाइ, मल र प्रविधिबीचको समन्वयमा जोड दिनुभयो । सिँचाइका लागि छुट्याएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा सिँचाइ आयोजनाले गति लिन नसकेको उहाँको भनाइ छ । भण्डारीले भन्नुभयो ‘३० प्रतिशत जग्गामा मात्रै सिँचाइ छ । सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन नभई तटबन्ध निर्माणमा खर्च हुने गरेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच