काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालस्थित बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्धमात्र नभई जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको भन्दै कोरोनाबाट सुरक्षित रहन बेलायतले नेपाललाई पु¥याएको सहयोगप्रति धन्यवाद दिनुभयो ।
उहाँले ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँको निजी क्षेत्रलाई लगानी गर्न पनि आग्रह गर्नुभयो । नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’
राजदूत पोलिटले बेलायतले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउने जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच