मोटरसाईकल राईडर बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही शर्तसहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जायरवाला ४३९४००० ले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्वन्धी जोहरी दिएकी थिईन ।

आदेशमा मुद्धाको अन्तिम टुंगो नलाग्दासम्म बसेल र उनका परिवारबाट जायरवाला र परिवारसंग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक शारीरिक र मानसिक क्षती पुग्ने कार्यहरु नगर्ने र मुद्धालाई प्रभावित पार्ने गतिविधि नगर्न आदेश दिईएको छ।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेका बसेललाई कास्की प्रहरीमा रहेको जवरजस्ती करणीको मुद्धामा अनुसन्धान गर्न बिहिबार नै कास्की प्रहरी पठाईएको जिल्ला अदालत म्याग्दीले जनाएको छ ।

बागलुङ नगरपालिका-९ तित्याङका २३ बर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रभातको पक्षमा अधिवक्ता सागरजीवी उपाध्याय, शिब सुनार, राम शर्मा, ईश्वर परियार र कुञ्जनी परियारले बहस गर्नुभएको थियो ।

जायरवालाले फागुन ६ गथे अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीपछि अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएका थियो । म्याग्दीबाट धरौटीमा छुटेपनि उनी जवरजस्ती करणी मुद्धामा कास्की प्रहरी हिरासतमा बस्नुपर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?