काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते पर्यटकका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै सटल बससेवा सञ्चालन गर्ने भएको हो ।
बोर्डका अनुसार नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सशुल्क सटल बस सेवा सञ्चालन गरिनेछ । तीनवटा रुटमा सञ्चालन हुने बससेवाबापत प्रतियात्रु तीन सय रुपैयाँ भाडा लाग्ने बताइएको छ ।
एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एन्ड यति-ठमेलचोक-लैनचौरचोक-शंकर होटल-एम्बासडर होटल-एयरपोट, एयरपोर्ट-होटल र्याडिसन-सांग्रिला होटल-नारायण गोपाल चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्वारिका-एयरपोर्ट र एयरपोर्ट-तीनकुने चोक-होटल एभरेस्ट-माइतीघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल-एयरपोर्ट रुटमा बस सञ्चालन हुनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :