काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनामा पनि निक्षेपको व्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमिति बैठकले जेठ महिनामा व्याजदर नबढाउने सहमति गरेको हो । उक्त सहमतिसँगै हालकै व्याजदरले निरन्तरता पाउने भएको छ ।
फागुनका लागि व्याज बढाएका भए पनि बैंकहरूले त्यसयता व्याजदर स्थिर राखेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर बढ्नुपर्ने बताए पनि वाणिज्य बैंकहरूले हालकै व्याजदरलाई निरन्तरता दिने भएका हुन् । केही दिनअघि गभर्नर अधिकारीले एक सार्वजनिक कार्यक्रममा तरलता समस्या समाधानका लागि व्याजदर बढाउनुपर्ने बताउनुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल