काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाम र तस्बिर प्रयोग गरी नक्कली ट्विटरमार्फत् स्थानीय तहको निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह भएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक ट्विटर हृयान्डल एड द रेट केएमघिसिङ रहेको र सोबाहेक आफ्नो नाममा अन्य कुनै ट्विटर हृयान्डल नभएको पनि उहाँले स्पष्ट पार्र्दै त्यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्णरूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी उल्लेखित क्रियाकलाप नगर्न पनि घिसिङले आग्रह गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच