-डम्मरबुढा मगर
बागलुङ । गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।
बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका-९ विरकोटमा उम्मेदवारले आचारसंहिता विपरित पैसा बाँडेको सूचना पाएपछि प्रहरी त्यस स्थानमा पुगेको थियो । त्यस ठाउँमा उम्मेदवारको टोली नभेटिए पनि त्यसभन्दा केही तल गाडीसहित फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी जानकारी दिनुभयो ।
उहाँले शर्मालाई १० बजे नियन्त्रणमा लिएर राति ३ बजे मात्रै छोडेको बताउनुभयो । शर्माको साथबाट कुनै पनि रकम फेला नपरेको रेग्मीको भनाइ छ । सामान्य छलफलपछि शर्मालाई छोडेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
उम्मेदवार शर्माको टोलीलाई पाँच दलीय गठबन्धनका कार्यकताले बाटो रोकेको समेत पाइएको छ । प्रहरी समयमा नपुगेको भए दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।
गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले यस विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताउनुभयो । नेपाली कांग्रेसकी नेतृसमेत रहनुभएकी शर्माले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसकै नेता भरत शर्मा गैरेको विरुद्धमा उम्मेदवारी दिनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच