अधिकांश स्थानमा चुनावको तयारी पूरा : आयोग

Read Time = 4 mins

काठमाडौं । स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले जनाएको छ । काठमाडौंको चाबाहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताउनु भयो । उहाँले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचन सम्बन्धी अन्य जानकारी पनि दिइएको बताउनु भयो । मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षाको काम आज दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसपछिको समयमा भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहीत र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताउनु भयो ।

मतदान अधिकृत धमलाले भन्नुभयो, ‘हामीले दुई दिन परिचय पत्र वितरण गर्ने कार्यक्रम राखेका छौँ, यो मतदान केन्द्रमा दुई वटा रहेका मतदान क र खदुई मतदान केन्द्र रहेका छन् । सम्पूर्ण कर्मचारीहरु बिहानैदेखि काममा खटिसक्नुभएको छ । साथै हामीले मतदाता शिक्षा कार्यक्रम पनि गरेका छौँ । जसमा मतदान केन्द्रमा एउटा कक्ष नै बनाएर मतदाता शिक्षा दिइरहेका छौँ । हामीले मतदाता शिक्षामा विशेष गरेर कसरी मतदान गर्दा मत बदर हुँदैन भन्ने कुरा डेमो राखेर सिकाएका छाँै । मतदान केन्द्रमा आउने मतदान प्रतिनिधिहरुसँग बेलुका बसेर छलफल गर्नेछौँ । मतदान कार्यलाई सुव्यवस्थित ढंगले सम्पन्न गर्न जनप्रतिनिधिहरु, कर्मचारीहरुका बीचमा हामीले साझा धारणा बनाएर कर्मचारीलाई खटाएका छौँ । हामीले मतदाताहरुले सरल ढंगले मतदान गर्न सक्नुहुनेछ । निर्वाचन आयोगबाट एउटा मतदान केन्द्रका लागि ५ जना कर्मचारी खटाएको छ । अन्य तीन जना स्वयंसेवक नियुक्ति गर्नसक्ने अधिकार मतदान अधिकृतलाई दिइएको छ ।’

मतदान अधिकृत धमलाले मतदाताहरुलाई सरल तरिकाले बदर नहुने गरी भोट हाल्न सिकाइएको बताउनु भयो । उहाँले निर्वाचन आायेगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका ५ कर्मचारी र अन्य तीन जना स्वयंसेवक सहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?